कनकाई अनलाईन
गत भदौ २३ र २४ गतेको भएको जेन्जी पुस्ताको आन्दोलनमा परि पुर्णतय ध्वस्त भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाको कार्यालय सञ्चालनका लागि यहाँस्थित लायन्स क्लव अफ कनकाई सुरुङ्गाले एक थान पिन्टर सहयोग गरेको छ ।
ध्वस्त भवनको पुर्नमर्मत र भाडा बर्तन फर्निचर, सिसि टिभी लगायातका सामाग्रीहरु सहयोगी दाताहरुबाट संकलन गरिएको भएपनि कार्यालयका लागि अतिआवश्यकिय पिन्टर नहुँदा कार्यालय सञ्चालनमा समस्या आउने देखिएपछि लायन्स क्लव अफ कनकाई सुरुङ्गाले कार्यालय सञ्चालनका लागि एक थान पिन्टर खरिद गरेर प्रदान गरिएको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष मानबहादुर दाहाल –कुमारले बताउँनुभयो ।
पिन्टर हस्तानतरण कार्यक्रममा लायन्स क्लवका संस्थापक अध्यक्ष लीला चिमरिया, पुर्व अध्यक्षहरु रुपनारायण खतिवडा .(रमेश) साजन थापा, मनोज बस्नेत, पत्रकार लीलाराज झापाली लगायातको सहभागिता रहेको थियो ।
यसैविच अब २ दिनभित्र यस इलाका प्रहरी कार्यालयमा प्रहरीले आफ्नै कार्यालयबाट जनताको सेवा दिन सुरु गरिने इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुबास भण्डारीले कनकाई अनलाईनलाई बताउँनुभयो ।
यसअघि इलाका प्रहरी कार्यालयको भवनमा पुर्णतय क्षति पुगेपछि प्रहरीहरुले इलका प्रहरी कार्यालय घैलाडुब्बाको भवनबाट सेवा दिदै आएको थियो ।


