
कनकाई अनलाईन
नागरिक बचाउ महाअभियानका संयोजक तथा बिर्तामोडको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हिस्पटलका सञ्चालक दुर्गा प्रसाईं कारागार मुक्त भएपछि पहिलोपटक गृह जिल्ला झापामा भव्य कार्यक्रम गर्दै उनीलाई स्वागत गरिने भएको छ ।
उनले यही असोज ९ गते बिर्तामोडमा कार्यक्रम गर्ने भएको कार्यक्रम व्यवस्थापन समिति संयोजक ओमप्रकाश लुइँटेलले जानकारी दिए । पटकपटक हिरासत र महिनौँको कारागार बसाइपछि करिब ६ महिनापछि प्रसाईं बिर्तामोड आउन लागेका हुन् ।
उनको स्वागतमा चन्द्रगढी एयरपोर्टदेखि बिर्तामोडको सिटी सेन्टरसम्म मोटरसाइकल ¥याली निकालिने भएको छ । त्यस्तै, स्वागत–सम्मान, तथा शुभकामना आदान– प्रदान कार्यक्रम पनि राखिएको लुइँटेलले बताए ।


