कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाको नगरप्रमुख राजेन्द्र पोखरेलको घरमा ८० केजी सुन भेटिएको भन्ने कुरा निराधार भएको बताउनुभएको छ ।
आफूविरुद्ध लागेकाहरुले कुप्रचार गरेको उहाँको भनाइ छ । युटुबरले आनावश्यक हल्ला फिजाएको उहाँले बताउनुभयो । “शुरुमा ४० तोल, त्यपछि ८० तोला भनियो, अर्को पटक फेरि ४० किलो भनियो अनि अर्को पटक ८० किलो आयो”, उहाँले भन्नुभयो, “त्यसपछि दुई बोरा चाँदीको कुरा पनि आयो ।”
यति कुरा भनिरहँदा बरामद कसले गरेको हो ? बरामद गरेको सुन कहाँ छ ? भन्ने कुरा नखुलाइएको बताउनुहुँदै उहाँले भन्नुभयो, “मेरो घरमा भीड पस्दा मेरो परिवारको कोही पनि भित्र थिएन । त्यो सुन हल्ला गर्नेले नै लानुभयो कि ?”
केही मान्छेहरु आफूविरुद्ध राम्रैसँग लागेको उहाँको भनाइ छ । युटुबरलाई पैसा दिएर अनर्गल प्रचार गरिएको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “भोलि यसको लेखा जोखा हुन्छ ।”
आफ्नो घरमा भेटिएको सुनको प्रमाणसहित पुष्टि गरे आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुहुँदै नगरप्रमुख पोखरेलले अनर्गल प्रचार गरेर चरित्र हत्या नगर्न चेतावनी दिनुभयो । गलत प्रचार गर्नेलाई कानूनी कारबाही हुनुपर्ने उहाँको माग छ । आन्दोलनकारीको समूहले नगरप्रमुख पोखरेलको घरमा आगजनी गरेका छन् । घर जलेर नष्ट भएको छ । जेएनजीको नाममा भएको आन्दोलनमा कनकाईमा १,२,३,४,५,७ र ८ नम्बर वार्ड कार्यालय कनकाई नगरपालिका पुर्णतय जलाएर ध्वस्त बनाइएको छ भने कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाईको घर समेत जलाएर ध्वस्त बनाइएको छ । आन्दोलनकारीले ईलाका प्रहरी कार्यालय सुरुङ्गा जलाएर ध्वस्त बनाउदा इलाका प्रहरी कार्यालयको सवारी साधन समेत जलाएका छन । उनीहरुले नेकपा एमाले , नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनि गरेका छन भने कांग्रेस झापाका सभापति देउमान थेबे, र कनकाई नगर अस्पतालका अध्यक्ष रविन्द्र लम्सालको घर जलाएका छन भने स्थानीय व्यावसायी लीला चिमरियाको घर तोडफोड गर्नुका साथै उनको घरबाट गहना र नगद लुटपाट गरेका छन । आन्दोलनकारीको समुहले कनकाई ८ का युवा संघका नेता पर्वतराज भण्डारी र ४ का मिलन कट्टेलको घरमा ढुंगा प्रहार गरेर सिसा फुटाएका छन ।


