कनकाई अनलाईन
सुगर थाइराइड तथा हर्मोन विशेषज्ञ डाक्टर प्रशिद्ध ढकाल पहिलोपटक झापाको सुरुङ्गामा आउनुहुने भएको छ ।
कोशी प्रदेशकै एकमात्र सुगर थाइराइड रोगका डिएम रहनुभएका ढकाल झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा मेडिसिन एण्ड चन्द्रोदय क्लिनिक तथा साईन फार्मेसीको निम्तोमा सुरुङ्गा आउन लाग्नुएको हो ।
उहाँ हरेक महिनाको तेस्रो शनिवार विहान ६ बजेदेखि ९ बजेसम्म सुरुङ्गा मेडिसिन सेन्टर र साईन फार्मेसीमा एकसाथ आउने र यसपटक भदौ २१ गते शनिवार सुरुङ्गामा आउने मेडिकल सञ्चालक यज्ञराज कार्कीले बताउँनुभयो । डाक्टरको सेवा भने सशुल्क रहेको समेत कार्कीको भनाई छ । ढकालले कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिका क्षेत्रका सुगर पिडित विरामीहरुलाई लक्षित गरी सेवा दिनका लागि आफुले फार्मेसीमा बोलाएको सञ्चालक कार्कीको भनाई छ । डाक्टर ढकाल कोशी प्रदेशकै पहिलो सुगर थाइराइड रोग विशेषज्ञ रहेको बताइएको छ ।


