कनकाई अनलाईन
झापा अर्जुनधारा नगरपालिका २ बेल्टारस्थित घिमिरे चौकबाट सशस्त्र प्रहरीले सालको गोलिया काठसहित पिकअप र चालक नियन्त्रणमा लिएको छ ।
शनिवार राती १० बजे अर्जुनधारा नगरपालिका वडा नं. २ बेल्टारस्थित घिमिरे चोक हुँदै अवैध रुपमा काठको चोरी तस्करी भइरहेको भन्ने सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोको सूचनाको आधारमा चोरी तस्करी गरी अवैध रुपमा ल्याउँदै गरेको ५ थान सालको गोलिया काठसहित लु. १ च ६८४३ नं. को पिकअप र चालक अर्जुनधारा नगरपालिका ३ बस्ने ३८ वर्षीय रबिन्द्र बुढाथोकीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुदुनाबारीको टोलीले नियन्त्रणमा लिएको हो ।
काठसहितको पिकअप र चालकलाई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेटक्वाटर झापाले जनाएको छ ।


