Kanakai Online

माटो खनेको खाल्डोमा जमेको पानीमा डुबेर महिलाको मृत्यु


आइतवार, भदौ १५, २०८२ |

कनकाई अनलाईन
झापामा माटो निकाल्न खनेको पानी जमेको खाल्डोमा डुवी कचनकवलकी एक महिलाको मृत्यु भएको छ ।

आइतबार साझ ५ वजे कचनकवल गाउँपालिका–२ स्थित रतिबारीकी ४६ वर्षीया उजारू राजबंशीको माटो निकाल्न खनेको पानी जमेको खाल्डोमा डुवी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानएको छ ।

उजारूको घरदेखि ढेड सय मिटर पश्चिम झारू राजबंशीको खेतमा माटो निकाल्न प्रयोग गरिएको पानी जमेको खाल्डोमा परी मृत्यु भएको स्थानीयलेदेखि खवर गरेको प्रहरीको भनाई छ ।
आईतवार साँझ ५ बजे कचनकवल गाउँपालिका वडा नं २ रतिबारी बस्ने राजवंशी आफ्नो घरदेखि अन्दाजी १५० मिटर पश्चिम झारु राजवंशीको खेतमा कमेरो माटो लिन गएकी थिइन् ।

माटोको लागि खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो । स्थानीयले मृत अवस्थामा देखेर प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएर पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित खबर