Kanakai Online

सशक्त युवा बिना रुपान्तरण सम्भव छैनः अध्यक्ष मिश्र


आइतवार, भदौ १५, २०८२ |

कनकाई अनलाईन
नेपाल सरकारले हालै मन्त्रिपरिषद् बैठक मार्फत पारित गरेको राष्ट्रिय युवा नीति २०८२ लाई रुपान्तरण नेपालले ऐतिहासिक उपलब्धि भएको भन्दै स्वागत गरेको छ। संगठनका अध्यक्ष अभिषेक मिश्रले नीतिले युवालाई राष्ट्रिय विकास, सामाजिक न्याय र दीगो रूपान्तरणको केन्द्रीय भूमिकामा स्थापित गर्ने मार्ग प्रशस्त गरेको बताएका छन्।
मिश्रद्वारा जारी वक्तव्यमा १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा परिभाषित गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, नेतृत्व विकास, वातावरण संरक्षण, सुशासन र सामाजिक न्यायलाई प्राथमिकताका क्षेत्रका रूपमा नीतिमा समेटिएको उल्लेख गरिएको छ। यसले युवाको क्षमता र सिर्जनशीलतालाई देशलाई समावेशी, समतामूलक र दिगो भविष्यतर्फ अघि बढाउने आधार निर्माण गरेको संगठनको निष्कर्ष छ।
तर, वक्तव्यमा नीति पारित हुनु मात्रै पर्याप्त नभई यसको प्रभावकारी कार्यान्वयनमा राजनीतिक इच्छाशक्ति, पारदर्शिता, जवाफदेहिता र बहुपक्षीय सहकार्य अपरिहार्य हुने जोड दिइएको छ। ूराज्य, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार र स्वयं युवाबीच सहकार्य बिना नीति व्यवहारमा परिणत हुन सक्दैन,ू वक्तव्यमा भनिएको छ।
रुपान्तरण नेपालले सरकार र सरोकारवालाहरुलाई युवाको अधिकार, अवसर र समानतालाई व्यवहारिक रूपमा सुनिश्चित गर्न ठोस कदम चाल्न, रोजगारी र उद्यमशिलतालाई व्यवहारिक र दिगो बनाउन स्पष्ट कार्ययोजना बनाउन, शिक्षा, स्वास्थ्य र सीप विकासमा युवाको पहुँचलाई प्राथमिकतामा राख्न र नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।
ूसशक्त, सचेत र अवसरप्राप्त युवा नै सामाजिक रूपान्तरण, सुशासन र दीगो विकासको आधारशिला हुन्,ू अध्यक्ष मिश्रले भनेका छन्, ूरुपान्तरण नेपाल यो नीति कार्यान्वयन प्रक्रियामा युवासँगै उभिँदै सहकार्य गर्ने र युवा अधिकार, सहभागिता तथा रुपान्तरणको पक्षमा सक्रिय रहने अटल प्रतिबद्धता व्यक्त गर्दछ।

सम्बन्धित खबर