Kanakai Online

कनकाई नगरपालिका ८ विरिङ पुलमा सवारी जुध्यो १ को मृत्यु ४ घाईते


मङ्गलवार, भदौ १०, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ८ स्थित विरिङ पुलमा आज राति दुईवटा सवारी साधन एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

राति ८ः४० बजे बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र बिपरित दिशाबाट जाँदै गरेको मे १ च ३४४० नं. को मारुती भेन एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा भेन चालक शिबसताक्षी ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटाको घटनास्थलमै मृत्यु भएको थियो । उनको गाडीमै च्यापिएर निधन भएको हो ।

दुर्घटनमा परी सोही भेनमा सवार शिबसताक्षी ७ बस्ने ४० वर्षीय पृथ्बीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेबी साह , छोरा १४ वर्षीय प्रसन्न साह , छोरी ९ वर्षीया प्रन्सा साह घाइते भएका छन् । चारैजना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । पिकअप चालक धनकुटा महालक्ष्मी ८ बस्ने २४ वर्षीय सुमन पौडेल र दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका कारण पुर्वपश्चिम राजमार्ग केहिवेर अवरुद्ध समेत बनेको थियो ।
घाईते अवस्थाका बास्कोटालाई कनकाई ३ का युवा रमेशचन्दबाबु मैनालीले उद्धार गरेर विएण्डसी अस्पताल पुर्र्याएका थिए । तर उनी बाच्न भने सकेनन ।
मृतकको २ साना छोरी र श्रीमती रहेका छन ।

सम्बन्धित खबर