Kanakai Online

दोमुखा धार्मिक पर्यटनमा किरण ओलीको स्वतन्त्र उम्मेद्धार भन्छन, रात्रीकालिन पर्यटनको विकास गर्छु


सोमवार, भदौ ९, २०८२ |

कनकाई अनलाईन
आगामी भदौ १४ गते हुन गइरहेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको अध्यक्षमा यस क्षेत्रका युवा व्यवसायी किरण ओलीले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन ।
शिवसताक्षी नगरपालिका १० दोमुखाको शिवम् होटलका सञ्चालक समेत रहेका ३४ बर्षिय ओलीले आफ्नो उम्मेद्धारी घोषणा र निर्वाचित भइसकेपछि गर्ने आफ्ना प्रतिवद्धताहरु पत्रकार सम्मेलन गरेर आजै सार्वजनिक गरेका छन ।
ओलीले आफ्नो उम्मेद्धारी कुनै दलको नभएर बिना दलको स्वतन्त्र उम्मेद्धारी रहेको जानकारी गराएका हुन ।
ओलीले समाज बन्नका लागि सामाजिक गतिविधि र संघसंस्थामा समेत विना राजनैतिक व्याक्तित्वको नेतृत्व हुनुपर्ने बताउँनुभएको छ । पत्रकार सम्मेलनमार्फत ओलीले भन्नुभयो, एमालेले जितेर गएर दोमुखामा वहुदलिय जनवाद, मालेमावाद लागु गर्ने होईन कांग्रेसले जितर गएर विपिको समाजवाद दोमुखा पर्यटनमा लागु गर्ने होईन बरु मैले जितेभने म यहि माटोमा हुर्किएको र यहि व्यावयाय गरिरहेको विदेशको मोह त्यागेर यहि दोमुखा क्षेत्रको विकास र विस्तारमा लागौ भन्न चाहने युवा हु । मास्टर डिग्री सकाएर व्यावसायी अझ पर्यटन व्यावसायलाई मलजल गर्नेगरि यहि माटोमा आएको हु मलाई सबैले मतदान गर्नुहुनेछ । ओलीले पत्रकार सम्मेलनमा भन्नुभयो । ओलीले आफुले निर्वाचन जितेमा अल्पकालिन रुपमा यहि क्षेत्रमा सके बैंक नसकेपनि एटिएम राख्ने प्रबन्ध गर्ने, यस क्षेत्रमा रात्रिकालिन समेत पर्यटन व्यावसाय खुल्ला गर्ने, पर्यटकको सुरक्षाको प्रबन्ध मिलाउने यसका लागि सुरक्षा व्यावस्था कडा बनाइने , यहि क्षेत्रका स्थानीय कला सस्कृतिको जर्गेना गर्दै नृत्य विधाको तालिम समेत दिएर कला सस्कृतिलाई पर्यटन व्यावसायसग जोडने योजना प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ ।
आफुले आधा नेपालको भ्रमण गरिसकेको र त्यहाँ सिकेको ज्ञानशीपलाई यहि माटोमा लगाउनको लागि समेत अध्यक्षमा उम्मेद्धारी दिएको बताउँनुभयो ।


किरण ओलीले आफु निर्वाचित भइरहदा संस्थाको आर्थिक पारर्दशिता पहिलो प्राथमितामा पर्ने भन्दै हरेक ३ महिनामा संस्थामा भएका आर्थिक गतिविधिलाई सार्वजनिक गर्ने बताउँनुभयो । यसैगरि दोमुखाको सौन्दर्य बढाउनका लागि स्थानीय सरकार, प्रदेश र संघ समेतको सहकार्यमा गुरुयोजना बनाएर अगाडि बढाउने, जीर्ण संरचनाहरुलाई पुर्ननिर्माण गर्ने, स्थानीय होटल व्यावसायीहरुलाई आवश्यक तालिमको प्रबन्ध गर्ने र व्यावसायीहरुविचको भाइचारा अभिवृद्धि गर्ने, पर्यटकहरुलाई स्तरीय खाना र बस्नको प्रबन्ध मिलाउने , झापाका अन्य पर्यटकिय स्थलहरुसग समेत सहकार्य गरि एकिकृत पर्यटन सहकार्य गर्दै लैजाने, वहोवृद्ध नागरिकको शीप ज्ञानलाई पुस्तानतरण गर्नका लागि जेष्ठ सभाहलको निर्माण गर्दै उनीहरुको शीपलाई पुस्तानतरण गर्ने । स्थानीय युवाहरुलाई आवश्यक तालिमको सहजीकरण गरि रोजगारीको श्रृजना गर्ने, विद्यार्थीहरुलाई
टयुशन पढनको व्यवस्था गर्ने लगायात रहेृको छ । खेलकुदको क्षेत्रमा विकास गर्नका लागि यहाँ रहेका खेलाडीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन योजना बनाएर लाग्ने , पर्यापर्यटनमा अगाडि बढाउन विषयविज्ञहरुसगको छलफल गरि योजना बनाउने र लागु गर्नका लागि स्थानीयवाशी, स्थानीय सरकार, प्रदेश र संघिय सरकारसग समन्वय गर्ने, यस क्षेत्रमा रहेका निम्न वर्गलाई लक्षित गरि समस्या परेका वेला राहतको व्यवस्था र एम्बुलेस सेवाका लागि कोष बनाउने रहेका छन । यसैगरि दिर्घकालिन योजनामा पर्यटन प्रबन्द्धनमा योजना बनाई वार्ड, नगर, प्रदेश र संघ सग समेत समन्वय गर्दै पब्लिक प्राईभेट पार्टनरशीप मोडलमा अगाडि बढ्दै संस्थाका आजिवन सदस्यहरुलाई मुनाफामा समेत सहभागि बनाउने लगायातका योजना बनाउनुभएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।
कुल १२७३ मतदाता रहेको यस दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको निर्वाचनमा अध्यक्षमा स्वतन्त्र उम्मेद्धार किरण ओली सहित कांग्रेस माओवादी प्यानलबाट मोहनबहादुर कार्की लगायातको टिम र एमालेको तर्फबाट मनबहादुर मगरको टिम निर्वाचनमा होमिएको छ । अर्का एमालेका बागी उम्मेद्धार लामो समयदेखि यस दोमुखा पर्यटनको नेतृत्व गर्नुभएका धनप्रसाद लावतीले भने उम्मेद्धारी फिर्ता लिनुभएको छ । कुल १५ पदका लागि ३२ जनाको उम्मेद्धारी परेको छ ।

सम्बन्धित खबर