Kanakai Online

संघिय मुल्याङ्कनमा कनकाई पुन पहिलो


शनिवार, भदौ ७, २०८२ |

कनकाई अनलाईन
झापाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा कनकाई नगरपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार प्रकाशन गरेको नतिजाअनुसार आर्थिक बर्ष २०८१÷८२ मा कनकाई नगरपालिका पहिलो बनेको हो ।

उक्त मुल्याङ्कनका लागि मन्त्रालयले विभिन्न ११ वटा सूचक तोकेको थियो । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय शिर्षकमा अंकभार तोकेर मूल्याङ्कन गर्ने गरिएको छ ।

मन्त्रालयको नतिजाअनुसार कनकाईले ८६ अंक प्राप्त गरि प्रथम भएको हो । त्यस्तै दमक ८३.२५ अंकसहित दोस्रो र ८१.५० अंकसहित भद्रपुर तेस्रो भएको छ ।

त्यस्तै मेचीनगरर बिर्तामोडले समान अंक ७५.५० प्राप्त गरेको छ । शिवसताक्षीले ७५, कमल र गौरादहले समान अंक ७४.५०, बुद्धशान्तिले ७३.५०, बाह्रदशीले ७१.७५, झापा गाउँपालिकाले ७०.५०, गौरादहले ६८.७५, हल्दिबारीले ६८.२५ र अर्जुनधाराले ६५.७५ अंक ल्याएका छन् ।

कचनकवलले ६४.५० अंक ल्याएर अन्तिम बनेको छ ।

सम्बन्धित खबर