Kanakai Online

कनकाई प्याब्सन एन प्याब्सनले सडकमा कुदाए रित्तो स्कुल बस


शुक्रवार, भदौ ६, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई प्याब्सन र एनप्याब्सनले आज रित्तो स्कुल बस कुदाएर सरकारले ल्याउन लागेको शिक्षा विधेयकको विरोध गरेको छ ।
कनकाई नगर प्याब्सन र एनप्याब्सनको आयोजनामा भएको विरोध कार्यक्रममा सरकारले ल्याउन लागेको शिक्षा विधेयकबाट निजि लगानीमा सञ्चालित हज्जारौ स्कुलहरु बन्द हुन लागेको र यसबाट पछि नहटे निजि विद्यालय परिवारले देशव्यापी आन्दोलनको आधिव्यहोरी ल्याउने भन्दै आन्दोलनमा उत्रिएको जानकारी गराएको हो । कोषसभाअघि कनकाई नगरपालिका ३ टप्पुमा आयोजित कोषसभालाई सम्बोधन गर्दै प्याब्सन नेपालका पुर्व केन्द्रिय सदस्य समेत रहनुभएका एलपी उप्रेतीले निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा उत्रनुपर्नुको कारण बताउँदै सरकारले यसअघि निजि विद्यालयलाई कम्पनी ऐनअन्तर्गत सञ्चालन गर्न दिने निर्णय गरिसकेको भन्दै आफुले बैंकिङ लगानी लगायातको ऋणसमेत गरेर सञ्चालन गरिररहेको विद्यालयलाई गैह्रनाफामुलक तरिकाले विद्यालय सञ्चालन गर्नुपर्ने, १५ प्रतिशत पुर्णछात्रवृत्तिको व्यावस्था लगायातका व्यावस्था नयाँ शिक्षा ऐनमा समेतेर सबै निजि लगानीका विद्यालयहरु बन्द गर्न खोजेको बताउँनुभयो ।


आफुहरुले सरकारका सबै नियमहरु मान्दै आएपनि कतिपय नियमहरु मान्न आफुहरु बाध्न नहुने उप्रेतीले बताउँनुभयो । निजि विद्यालयहरु कम्पनी ऐन अन्तर्गत सञ्चालनमा रहेको भन्दै निजि विद्यालयहरुले नाफा कमाउन नहुने भए अन्य कम्पनी ऐन अन्तर्गत सञ्चालित सबै कम्पनीहरुले नाफा कमाउन नहुने तर्क प्याब्सनका पुर्व जिल्ला अध्यक्ष समेत रहनुभएका उप्रेतीको रहेको थियो । निजि विद्यालय सञ्चालकहरुले यसअघि देशका सबै ७५३ पालिकाहरुमा समेत स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाइसकेको प्याब्सन एन प्याब्सनले सरकार पछि नहटे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
कनकाई प्याब्सन झापाका अध्यक्ष विनोद उप्रेतीको सभापतित्वमा तथा कनकाई नगर प्याब्सनका सचिव गोकुल उप्रेतीको सञ्चालनमा आयोजित कार्यक्रममा प्याब्सनका प्रदेश सदस्य भानु राजवंशी, जिल्ला सहसचिव बिनोद सुब्बा, जिल्ला सल्लाहकार अखिल कोइराला, लगायातका अतिथिहरुको सहभागिता रहेको थियो । कोणसभापछि कनकाईका सबै निजि विद्यालयहरुले आफ्आफ्ना विद्यार्थी विनाको रित्तो बसले कनकाई नगरपरिक्रमा गर्दै नगरपालिकासम्म पुगेका थिए ।

सम्बन्धित खबर