Kanakai Online

फक्तालुङ एजुकेशन फाउण्डेशन दोस्रो नृत्य र गायन छनौट


मङ्गलवार, भदौ ३, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डेशनको दोस्रो सिजनको पिइएफ गायन तथा नृत्य विधाको अडिशन पुरा भएको छ ।
गायनतर्फ कुल ६८ प्रतिस्पर्धीमध्ये २३ जना छनौट भएका छन । यसमा गोल्डेन कार्ड मार्फत ५ जना प्रतिभालाई सोझै छनौट गरिएको थियो । जसमा नामसाङ, पारुहाङ, आरोही, फुङसा र सुप्रिम रहेको फक्तालुङ एजुकेशन फाउण्डेशनका पिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।
यसैगरी नृत्यविधा तर्फ कुल ९० प्रतिस्पर्धीमध्ये ४१ ज्ना छनौट भएका छन । नृत्य विधातर्फ संजिता लिम्बुले सोझै गोल्डेन कार्ड प्राप्त गरेकी थिइन ।
प्रतिस्पर्धामा ग्रान्ड फिनालेमा अनलाईन भोटिङ मार्फत ५० प्रतिशत र निर्णायकको निर्णयको ५० प्रतिशत आधारमा बिजेता घोषणा गरिनेछ ।

सम्बन्धित खबर