
कनकाई अनलाईन
नेपाल कलवार सेवा समिति झापाले हरितालिका तिज तथा मंगल चौथि वर्तको अवसरमा वृहत सास्कृतिक कार्यक्रम सहित आफ्ना चेलीबेटीहरुलाई दर खुवाएर तिजमिलन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
समितिले सोमबार झापाको बिर्तामोड स्थित पाथिभरा सिने प्लाजाको सभाहलमा एक कार्यक्रमका बिच हरितालिका तिज बिशेष विभिद सास्कृतिक कार्यक्रम गरेको हो ।
समितिको सदस्य तथा कार्यक्रम संयोजक हेमलता चौधरीको संयोजकत्वमा भएको कार्यक्रममा समितिका अध्यक्ष राजकिशोर चौधरीको अध्यक्षता रहेको थियोे ।
भने अधिवक्ता डाक्टर कस्तुरि जसवालको प्रमुख आतिथ्यता रहेकोथियोे ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै समितिका सचिव सञ्जय चौधरीले परम्परा देखि चल्दै आएको हरितालिका तिजको महत्व आत्मासाथ गर्दै चेलीमाईतिको आत्मियतालाई अझ प्रगाढ बनाउदै हाम्रो संस्कृति र परम्परालाई पुस्ताहस्तान्तरण गर्ने उदेश्यका साथ सामुहिक रुपमा कलवार समुदायले सास्कृतिक कार्यक्रम सहितको हरितालिका तिज मिलन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा तिजको महत्व बारे अतिथि गणबाट चर्चा गरिनुका साथै कलवार समुदायका कलाकारहरुवाट तिज विषेश सास्कृतिक नृत्य एवं जातिय परम्परा अनुसारको नृत्य प्रस्तुत गर्दै दर खाएर मनोरञ्जन गरिएको थियोे । दरको व्यवस्थापन सत्यनारायण चौधरी र रामनारायण चौधरीले गर्नु भएको थियोे ।
भारतको दिल्लि साथै नेपालका मोरङ , सुनसरी , झापा जिल्लाका बिभिन्न स्थान , गोलबजार लगायतबाट कलवार समुदायका बिषिष्ट व्यक्तित्वहरु समितिका सल्लाहकार लगायतको आतिथ्यता रहेको कार्यक्रममा संस्थाका सम्पुर्ण पदाधिकारी , सदस्यहरु , कलवार समुदायका बुबाआमा दाजुभाई , दिदि बहिनि साथै नानिबाबुहरुको उल्लेखनीय उपस्थित रहेको संस्थाका महासचिव दिपक कुमार चौधरीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा उपस्थित सवैलाई स्वागत समितिका उपाध्यक्ष मनोजकुमार चौधरीले गर्नु भएको थियोे भने कार्यक्रम संचालन समितिका सचिव संजय चौधरी र मिनु दासले गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य संयोजक हेमलता चौधरीले राख्नुभएको थियो ।



