Kanakai Online

कनकाईका नवनियुक्त नगरप्रहरीलाई आधारभुत तालिम


सोमवार, साउन २०, २०८२ |

कनकाई अनलाईन
कनकाई नगरपालिकामा नवनियुक्त नगरप्रहरीलाई शारीरिक र व्यावहारिक तालिम प्रदान गरिएको छ ।
भर्खरै मात्रै नगरपालिकाले नियुक्त गरेको नगरप्रहरीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले शारीरिक र अन्य व्यावहारिक ज्ञानशीप र तालिम प्रदान गरेको थियो । १५ दिने उक्त तालिमको आजै नगरपालिकामा विशेष कार्यक्रमका विच समापन गरिएको छ ।


तालिम समापनमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरप्रहरीले नगरका हरेक सुख्खदुःख र समस्यामा आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशनात्मक मन्तव्य दिनुभएको थियो । सोही अवशरमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपानेले नगरप्रहरीप्रति सबैको ध्यान रहेको हुदा नगरप्रहरीलाई सानातिना गल्ती गर्ने छुट नहुने भन्दै कुशलतापूर्वक आफ्नो काम सम्पन्न गर्न सुझाव दिनुभयो ।


कार्यक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख सुभाष ढुंगानाले नगरप्रहरीका मुख्य मुख्य काम कतव्य र जिम्मेवारीका वारेमा बताउँनुभएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका लेखा अधिकृत क्षेत्रनाथ शर्मा लगायातले नगरप्रहरीले नगरको समग्र हितका लागि लागिपर्न सुझाव दिनुभयो ।
सोही अवशरमा नगरप्रहरीलाई नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले टिका अबिर लगाएर तालिम पूरा गरेकोमा स्वागत समेत गर्नुभएको थियो ।
कार्यक्रममा कनकाई नगरप्रहरी इन्चार्ज ओमकुमार श्रेष्ठ लगायातले नगरप्रहरीले अतिथिहरुलाई सलामी अर्पण गर्नुभएको थियो ।

सम्बन्धित खबर