Kanakai Online

साउन २६ गते कनकाई सर्वेश्वर शिवालयमा धार्मिक कार्यक्रम


सोमवार, साउन २०, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ इलुवावारी वार्ड कार्यालय क्षेउमा रहेको सर्वेश्वर शिवालयमा यहि अन्तिम सोमवार साउन २६ गते विशाल धार्मिक कार्यत्र mम हुने भएको छ ।
सोमवार विहानैदेखि यस शिवालय मन्दिर परिषरमा शिवमहिमा रुद्राभिषेक, राष्ट्रिय कलाकारहरुद्धारा शिव ताण्डव नृत्य, भजन किर्तन, नाचगान सहित धार्मिक कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समितिले जानमकारी गराएको हो ।
कार्यक्रमको सम्पुर्ण तयारी सकिएको भन्दै धार्मिक कार्यक्रममा सहभागिताका लागि सबै भक्तजन र धर्मप्रेमी महानुभावहरुलाई अनुरोध गरिएको सर्वेश्वर शिवालय संस्थाका कार्यक्रम संयोजक सफल शिवाकोटीले बताउँनुभयो ।
शिवाकोटीले यस बर्षको अन्तिम सोमवारका दिन चर्चित भजन गायकहरु राजु अधिकारी, गायक रोषन अधिकारी, झाँकीको लागि अर्पित नेपाल लगायातका अन्य चर्चित कलाकारहरुको उपस्थिति रहने र उक्त दिन प्रतिस्र्धात्म भजन प्रतियोगिता समेत रहने शिवाकोटीले बताउँनुभयो ।
पत्रकार सम्मेलनमा कनकाई र देशको अन्य स्थानहरुको जस्तै यस क्षेत्रको समेत धार्मिक पहिचानकै कारण विश्वमाझ ठाउँलाई परिचित गराउँन सबै गाउँवाशी युवा लगायात लागि परेको कार्यक्रम सचिव कृष्ण प्रसाद न्यौपानेले बताउँनुभयो । पत्रकार सम्मेलनमा सर्वेश्वर मन्दिर समितिका अध्यक्ष चन्द्रबहादुर आचार्यले धार्मिक कार्यक्रमबाट खर्च कटाएर बचत गरि मन्दिरको बाकी कामहरु गर्ने र अक्षयकोष बनाउने उद्धेश्य रहेको जानकारी दिनुभयो ।
अबका बाकी दिनहरुमा मन्दिरको जमिनमा यहाँका युवा र समुदायहरुले साप्ताहिक रुपमा श्रमदान गरेर शिववाटिका लगायातको निर्माण थालिने समितिका सदस्य रविन्द्र पन्तले जानकारी दिनुभयो ।

सम्बन्धित खबर