Kanakai Online

राष्ट्रिय युवा संघ कनकाईको अध्यक्षमा पुन अर्पण राई निर्वाचित


आइतवार, साउन १२, २०८२ |

कनकाई अनलाईन
राष्ट्रिय युवा संघ कनकाईको अध्यक्षमा पुन अर्पण राई सर्वसम्मत भएका छन ।
आज पर्यटकिय स्थल जामुनखाडीमा भएको युवा संघको तेस्रो नगर अधिवेशनबाट पुन अर्पण राईको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । राई कनकाई क्षेत्रका सक्रिय युवा नेता तथा सफल युवा उद्यमी समेत रहेका छन ।


४१ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पुन पुष्पराज ढकाल सचिवमा विशाल सिटौला उपसचिवमा जीवनकुमार अधिकारी, उपसचिव महिलामा रञ्जना केसी कटुवाल र कोषाध्यक्षमा अर्जुन न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।
यसैगरि खुल्ला सदस्य तर्फ सरोज श्रेष्ठ, भुवन दर्जी, निशेष सुवेदी यसैगरि महिला सदस्यतर्फ रिता बस्नेत, विपना अधिकारी, सोनिका सेढाई, संगिता बुडाथोकी कटुवाल, अनु वुडाथोकी, आदिवाशी जनजाति सदस्यतर्फ सरिता राई, सागर माझि, युशन राई यसैगरि वडागत सदस्यतर्फ रोषन दाहाल, प्रेम सुन्दास, रमेश भट्टराई, मौसम मगर, जीवबहादुर खबास, अरुण अधिकारी, प्रज्जल कड्रिया दलित मुस्लिम पिछडावर्ग सदस्यतर्फ कन्चन चाहार लगायात रहनुभएको छ । बाकी सदस्यहरु .पछि चयन गरिने युवा संघका नगर अध्यक्ष अर्पण राईले बताउँनुभयो ।


युवा संघकी केन्द्रिय सचिव निशा राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख समेत रहनुभएका नेकपा एमाले केन्द्रिय विधान महाधिवेशन प्रतिनिधि राजेन्द्रकुमार पोखरेल, पुर्व मन्त्री समेत रहनुभएका पार्टीका कोशी प्रदेश सल्लाहकार हिराकुमार थापा, युवा संघका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बे, युवा संघका जिल्ल अध्यक्ष फुर्वा तामाङ, एमालेका कनकाई नगर अध्यक्ष गोकर्णप्रसाद ओझा, तरुण दलका केन्द्रिय सदस्य राजेन्द्र उप्रेती लगायातले शुभकामना मन्तव्य राख्नुहुदै वर्तमान अवस्थामा सामाजिक सञ्जाल लगायातबाट वढ्दो विकृति विसङगति वढिरहेको भन्दै युवा संघले यसलाई रोक्नका लागि अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
यसैविच युवा संघमा विभिन्न पदमा निर्वाचिन केन्द्रिय देखि जिल्ला तहका नेता तथा युवा संघ कनकाईलाई योगदान दिनुहुने विनोदराना मगरलाई समेत सम्मान गरिएको थियो ।


युवा संघको नेतृत्वमा आएसगै प्रतिक्रिया दिनुहुदै अध्यक्ष अर्पण राईले कनकाईका युवालाई रचनात्मक बनाएर अगाडि बढाउन आफ्नो नेतृत्वले काम गर्ने बताउँनुभयो । युवालाई कुलतबाट सतमार्गमा लैजान हाम्रो टिमको पहिलो प्रयास रहने छ राईले प्रतिवद्धता मन्तव्य राख्दै भन्नुभयो ।
कार्यक्रमको स्वागत युवा संघ कनकाईका उपाध्यक्ष पुष्प ढकाल र सञ्चालन सचिव विशाल सिटौलाले गर्नुभएको थियो ।
नवगठित समितिलाई निर्वाचित गराउन अनिता कन्दङ्बा र सुलभ भण्डारीको टिमले सहजिकरण गरेको थियो ।

सम्बन्धित खबर