Kanakai Online

कनकाई माई खोलामा डुबेर बृद्धको मृत्यु


आइतवार, साउन १२, २०८२ |

कनकाई अनलाईन
झापाको झापा गाउँपालिका १ स्थित सानो माई खोलामा डुबेर एकजना बृद्धको मृत्यु भएको छ ।

चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका १ सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आईतवार बिहान सानो माई खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
उनी साउन ७ गते घरमा पालेको सुँगुरको लागि डोको लिएर पिँडालुको बोट काट्न निस्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर नफर्किएपछि खोजी गर्ने क्रममा आईतवार बिहान ९ बजे मृतकका भान्जा बुद्धराज राईले शव फेला पारेका थिए ।

डोकोदेखि करिब ५० मिटर टाढा भुजेलको शव फेला परेको हो । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर