Kanakai Online

आगलागीमा घाइते हल्दीबारीका ओलीको उपचारका क्रममा मृत्यु


आइतवार, साउन १२, २०८२ |

कनकाई अनलाईन
झापा हल्दीवारी गाउँपालिकामा–४ ओली चौक भएको आगलागीको क्रममा घाइते भएका पुण्यप्रसाद ओलीको उपचारको क्रममा मृत्यु भएको छ ।

गत साउन ६ गते ६० बर्षिय ओलीको इटाले बनेको तीन तले पक्की घरको दोस्रो तल्लाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्याँसमा अचानक आगो सल्कन गई भान्सा कोठामा आगलागी भएको थियो ।

सोही क्रममा आगो निभाउँदा घाइते भएको उनको आज ९शनिवार० बिहान ११ः३० बजे उपचारको क्रममा किर्तिपुर स्थित बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त आगो निभाउने क्रममा ओलीसहित ४ जना घाईते भएका थिए । उनीहरुलाई उपचारको लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुर पठाइएकोमा उक्त आगोलागी सख्त घाइते भएका ओलीलाई थप उपचारका लागि किर्तिपुर स्थित बर्न अस्पताल लगिएको थियो ।

सोही आगलागीमा घाइते भएकी ५९ बर्षिय गोमादेवि र ३३ बर्षिय सन्तोष ओलीको डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर