Kanakai Online

मनिङ वाकमा निस्किदा हात्तीको आक्रमण, दुई महिला घाइते


आइतवार, साउन १२, २०८२ |

कनकाई अनलाईन
झापाको दमकमा जंगली हात्तीले आक्रमणमा परि २ महिला गम्भीर घाइते भएका छन् । उनीहरुको दमक अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीको आक्रमणबाट दमक–१ बरगाछीका ४७ वर्षीया सुनिता राई र ४२ वर्षीया कविता राई घाइते हुनुभएको हो ।

दुबैजनालाई बरगाछीस्थित भित्री सडकखण्डमा आज बिहान( आईतवार) ०४ः१५ बजे मर्निङ वाक गरिरहेको बेला बाटोमा हिँड्ने क्रममा अचानक जंगली हात्तीले आक्रमण गरेको थियो ।

प्रहरीका अनुसार सुनिताको टाउको, दाहिने आँखीभौ, दुबै खुट्टा, बायाँ हात र शरीरको विभिन्नमा भागमा चोट लागेको छ । दुबैजनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, कविता राईको बायाँ खुट्टाको कुर्कुच्चामा चोट लागेको छ भने उनी बोल्न सक्ने अवस्थामा छिन् । दुबैजना घाइतेको दमक अस्पताल दमकमा उपचार भइरहेको छ । आक्रमण गर्ने जंगली हात्ती जंगलतर्फ लागेको स्थानीयको भनाई छ ।

सम्बन्धित खबर