कनकाई अनलाईन
गैरआवासीय नेपाली संघ ९एनआरएनए० अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानल नै विजयी भएकोे छ ।
संघको शनिबार ९जुलाई २६ मा० सम्पन्न निर्वाचनमा कुँवरले सञ्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् ।
झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव थिए ।
यसअघि कुँवर एनआरएनए अस्ट्रेलियाको राज्य संयोजक ९२०१७–२०१९०, आईसीसी सदस्य ९२०१९–२०२१० र ओसेनिया क्षेत्रीय उपसंयोजक ९२०२१–२०२३० को जिम्मेवारीमा बसिसकेका छन् ।
कुँवरले यसअघि नेपाल महोत्सव, खेलकुद कार्यक्रमहरू जस्ता सफल आयोजनाहरूलाई नमुना कार्यक्रमका रूपमा विस्तार गर्ने योजना पनि अगाडि सारेका छन् ।
निर्वाचनबाट उपाध्यक्षमा एनआरएन अस्ट्रेलियाका अहिलेका प्रवक्ता समेत रहेका बबिन मिश्र विजयी भएका छन् ।
यस्तै महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए । कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए ।
उनले नर्दन टेरिटोरीबाट सञ्जीव गोर्खाली ढकाल ९२१२६० र पर्थ ९पश्चिम अस्ट्रेलिया० ९३७२७० बाट भैरव ढकाललाई हराएका हुन् ।
१६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३ हजार ७ सय १ खसेको मतबाट ६ हजार ८ सय ३९ मत पाए ।


