
कनकाई अनलाईन
सुरुङ्गा । झापाको सुरुङ्गास्थित जामुनवारीमा भर्खरै सञ्चालनमा आएको गरमकाली कनकाई ड्राइभिङ्ग सेन्टरका सहभागि सबै परिक्षार्थिले ड्राईभिङ्ग लाईसेन्स निकालेका छन ।

गत महिनादेखि सञ्चालनमा आएको यस ड्राइभिङ्ग सेन्टरले स्थापनाको अशवरमा १० जना कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरकापालिकाका परिक्षार्थीहरुलाई सहुलियत दरमा सवारी सिकाएको थियो । उक्त अवशरको सदुपयोग गर्दै १० जना सहभागिहरुले एकसाथ ड्राईभिङ्ग लाईसेन्स लिन सफल बनेको गरमकाली ड्राइभिङ्ग सेन्टरका सञ्चालक शिशिर सिटौलाले बताउँनुभयो । सहभागि १० मध्ये ७ जनाले पहिलो प्रयासमै र ३ जनाले दोस्रो प्रयासमा लाईसेन्स निकालेका हुन ।
यसैविच विशेष कार्यक्रमका विच स्थापनाको पहिलो पटक लाईसेन्स निकाल्ने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र अबिर लगाएर ड्राईभिङ्ग सेन्टरले आज शनिवार विदाई समेत गरेको छ । हाल उक्त ड्राइभिङ सेन्टरमा ४० जना पशिक्षार्थीहरु साना, ठुला सवारी, मोटरसाईकल, अटो लगायातको पशिक्षण लिईरहेको सञ्चालक सिटौलाले बताउँनुभयो । सहभागिहरुले आफुले छोटो समयभित्रै राम्रो प्रशिक्षण पाएको भन्दै सिकेको ज्ञानसीपलाई व्यावहारमा उर्ताने प्रतिप्रवद्धता जनाएका छन ।
आफुले सरकारको नियम कानुनको परिधिमा रहेर मान्यताप्राप्त ड्राईभिङ सेन्टरको स्थापना गरेको गरमकाली ड्राइभिङ सेन्टरका सञ्चालक शिशिर सिटौलाले बताउँनुभयो ।


