Kanakai Online

झापामा जंगली हात्तीको उपद्रो ६ मानिस र ४ हात्ती मारिए


शनिवार, साउन ११, २०८२ |

कनकाई अनलाईन
झापामा एक बर्षमा मानव र हात्तीको द्वन्द्वमा परी ६ मानिसले ज्यान गुमाएका छन भने ४ हात्ती मारिएको छ ।

डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१ ÷०८२ मा जिल्लामा हातीको आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका हुन् । उनीहरुलाई १० लाखका दरले ६० लाख रुपैयाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले बताउँनुभयो । हात्तीबाट मानवीय क्षति भइरहँदा हात्तीहरुले पनि क्षति व्यहोरिरहेका छन् । एक वर्षमा ४ वटाको हात्ती विभिन्न कारणले मृत्यु भएको छ ।

त्यस्तै हात्तीको आक्रमणबाट झापामा ७ जना सख्त घाइते भएका थिए । उनीहरुलाई उपचार खर्चवापत् ७ लाख ३८ हजार ४३२ रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै हात्तीले १२५ वटा घरगोठमा क्षति पुर्याएको छ । घर भत्किएका पीडितहरुलाई १४ लाख २६ हजार ५०० रुपैयाँ राहत प्रदान गरिएको छ । त्यस्तै २१३ जना किसानको अन्नबाली हात्तीले नष्ट गर्दा उनीहरुले १६ लाख ४४ हजार रुपैयाँ राहत पाएका छन् । त्यस्तै ५२ जनाको भण्डारण गरिएको अन्न क्षति गर्दा उनीहरुले ३ लाख ७० हजार ३०० रुपैयाँ राहत प्रदान गरिएको छ ।

हात्तीबाट ९ वटा चौपायामा समेत क्षति पुगेको छ । त्यसवापत् ९० हजार रुपैयाँ प्रदान गरिएको छ । गत वर्ष जंगली हात्तीबाट भएको जनधनको क्षतिवापत् जम्मा ६ करोड ४२ लाख ६९ हजार २३२ रुपैयाँ राहत प्रदान गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । झापामा लामो समयदेखि मानव हात्ती द्धन्द्धले करौडौको भौतिक संरचना र कृषकको अन्नवाली नष्ट्र गरिनुको साथै यसअवधिमा दर्जनौ हात्ती र मानिसको समेत मृत्यु भइसकेको छ ।

सम्बन्धित खबर