कनकाई अनलाईन
झापाको बाह्रदर्शी गाउँपालिका १ खैरबारी स्थित भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर दुर्घटना हुदा दुईजनाको मृत्युु भएको छ भने दुईजना गम्भीर घाईते भएका छन ।
बाह्रदर्शी–१ खैरबारी स्थित भित्री सडक खण्डमा बुधबार आज दिउसो करिव ४ बजेको समयमा राजगढबाट कुटी तर्फ जादै गरेको बिआर ३७ एजे ६४४० नम्बरको मोटरसाईकल र बिपरीत दिशावाट आउदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर ठक्कर खाएको थियो ।
घटनामा तत्काल नाम थर वतन नखुलेको स्कुटर चालक र मोटरसाईकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको थियो । उपचारकाक्रममा दिउसो ४ः४० बजे स्कुटर चालक कचनकवल गा.पा. ३ बस्ने बर्ष ६० को श्री प्रसाद राजबंशी र मोटरसाइकल चालक (नामथर वतन नखुलेको) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटिको पछाडि सवार मृतक राजवंशीको बुहारी बर्ष २७ कि उर्मिला राजबशी र निजकै छोरा बर्ष ३ को आयुष राजबशी गम्भीर घाइते भएका र उनीहरूको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


