
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई फुटसलमा यहि असार १४ गते शनिवारका दिनदेखि फुटसल प्रतियोगिता हुने भएको छ ।
आरएफसी युथ क्लव सुरुङ्गाको आयोजना तथा एसिया लिङ्क सर्भिसेस काठमाण्डौको प्रायोजनामा हुन लागेको यस प्रतियोगिताको सम्पुर्ण तयारी पूरा गरिसकेको पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ ।
आजोजक समिमितका अध्यक्ष बाबु लिम्बुका अनुसार युवा पुस्तालाई लागुऔषध दुव्यर्सनी र अन्य विकृतिबाट टाडा रहदै खेल जीवनमा फर्कन सन्देश सहित यो प्रतियोगिता कनकाई फुटसलमा आयोजन ागर्न लागिएको हो । कनकाई फुटसल यहाँका स्थानीय व्यावसायी मोहन थापाले सञ्चालनमा ल्याएका हुन ।
प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार र दोस्रो हुने टिमले १५ हजार नगद प्राप्त गर्नेछन ।
आयोजक समितिका उपाध्यक्ष मन्दिप राईका अनुसार प्रतियोगितामा देशभरका फुटसल खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन । उक्त प्रतियोगितामा सहभागि हुन र प्रतियोगितामा हेर्नका लागि आउन सबै कनकाई नगरवाशी र जिल्लावाशी खेलकुदप्रेमीहरुलाई राष्ट्रिय फुटबल खेलाडी समेत रहुभएका आयोजक आरएफसी क्लवका सदस्य रोहन कार्कीले अनुरोध गर्नुभएको छ । कनकाई फुसल सुरुङ्गा चौकदेखि २ किलोमिटर दक्षिण रहेको छ ।


