
कनकाई अनलाईन
झापाको सुरुङ्गास्थित कनकाई उद्योग बाणिज्य संघको सभाहलमा आयोजित प्रथम कनकाई जिल्ला स्तरीय खुल्ला तेक्वान्डो प्रतियोगितामा आयोजक कनकाई तेक्वान्डो दोजाङ जिल्ला प्रथम भएको छ ।
कनकाईले कुल ८ स्वर्ण ५ रजत र १५ कास्य सहित २८ पदक सहित जिल्ला प्रथम हुन सफल भएको हो । कनकाईमै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा आयोजकले पहिलो बर्षमै उपाधि घरमा राख्न सफल बन्यो ।
यसैगरि दमक तेक्वान्डो डोजाङ दोस्रो भएको छ । दमकले कुल ५ स्वर्ण, ७ रजत र २ कास्य सहित १४ पदक ल्याउन सफल बनेको थियो । यसैगरि गौरीगञ्ज तेक्वान्डो डोजाङ तृतीय हुन सफल बनेको छ । गौरीगञ्जले कुल ४ स्वर्ण ६ रजत र १४ कास्य सहित कुल २४ पदक ल्याउन सफल बनेको छ । प्रतियोगितामा जिल्लाकै सर्वोकृष्ट खेलाडी महिला तर्फ भने आयोजक कनकाई तेक्वान्डो दोजाङकी खेलाडी जेसिका बिष्ट बनिन उनले २ स्वर्ण एक्लैले हात पारेकी थिइन ।

यसैगरि पूरुष तर्फको सर्वाकृष्ट खेलाडी दमकका अर्पण धिमाल बने ।
प्रतियोगिताको प्रथम दोस्रो र तेस्रो हुने टिमलाई जनही १५ हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफि प्रदान गरिएको आयोजक कनकाई दोजाङ प्रमुख राजकुमार सुनामले जानकारी दिनुभयो ।
आयोजक समितिका अध्यक्ष सौरभ श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा झापा जिल्लाका विभिन्न १२ पालिकाहरुकाबाट १५ टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा ३५० खेलाडीहरु सहभागी बनेको कार्यक्रमका संयोजक कर्णबहादुर दाहालले बताउँनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन कनकाई नगरपालिका वडानम्बर ३ निवासी ख्याम संग्रौलाले आफ्ना मातापिता भीमप्रसाद र भगीरथा संग्रौलाका नामबाट प्रदान गर्नुभएको थियो । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई मेडलको सौजन्य झापा मेरिगोल्ड अंग्रेजी मावि कनकाई ४ ले प्रदान गरेको थियो ।
यसैगरि दोस्रो र तेस्रो पुरस्कारको प्रायोजन कनकाई नगरपालिका वार्डनम्बर ४ निवासी नविन सुवेदीले प्रदान गर्नुभएको थियो । प्रतियोगितामा कनकाई नगरपालिका, कनकाई नगरपालिका ४, ५ र ६ नम्बर वार्ड र विभिन्न समाजसेवी व्याक्तिहरु राजेन्द्र उप्रेतीको सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो ।


