
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ सुरुङ्गास्थित जामुनवारीमा सुविधासम्पन्न र मान्यता प्राप्त गरमकाली ड्राइभिङ्ग सेन्टर खुलेको छ ।
कनकाई नगरपालिका २ स्थित सरस्वरती माविको अगाडि रहेको यस मान्यताप्राप्त ड्राईभिङ्ग सेन्टरको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले ड्राईभिङ्ग सेन्टरको ट्रायल सेन्टरको स्पोर्टमा सवारी चलाएर उद्घाटन गर्नुभयो । उदघाटन समारोहमा बोल्दै नगरप्रमुख पोखरेलले युवाहरु विदेश जाने बाढी लागिरहेको बेलामा युवापुस्तालाई यहि माटोमा केही गरौ भनेर स्वरोजगारको माटोमा हिडने अभियानमा लागेको भन्दै सञ्चालकलाई बधाई दिनुभयो । पोखरेलले सबै ड्राईभिङ्ग सेन्टरहरुले सरकारी ड्राईभिङ्ग सेन्टरको मान्यता पुर्याउन नसकेको भन्दै यस ड्राईभिङ्ग सेन्टरले मान्यता समेत पूरा गरेको भन्दै यसबाट युवापुस्तालाई स्वरोजगार बन्न अभिप्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उदघाटन कार्यक्रममा कनकाई २ नम्बर वार्डका वडाअध्यक्ष प्रताव राई, १ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, कनकाई नगरपालिका कार्यपालिका सदस्य नरादेवि मगर, जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष परशुराम गिरी, सरस्वती माविका प्रअ नारायणप्रसाद अधिकारी, सहायक प्रअ निर्मल खनाल लगयातले ड्राईभिङ्ग सेन्टरबाट सीप सिकेर आत्मनिर्भरताको बाटोमा हिडन मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

सुरुङ्गा पुल उत्तर २ किलोमिटर उत्तर सरस्वती मावि अगाडि १२ कठ्ठा जमिनमा ट्रायल सेन्टर सहितको सञ्चालनमा आएको यस ड्राईभिङ्ग सेन्टर स्थानीय शिशिर सिटौलाले सञ्चालनमा ल्याएका हुन । उदघाटनको अवशरमा सुरुका १५ दिनसम्म १० हजार शुल्कमै ड्राईभिङ्ग पोख्त बनाइने सिटौलाले बताउँनुभयो ।
मोटरसाईकल, स्कुटी, अटो, सिटी, कार, जिप लगायातका सवारी साधन चलाउन सिकाईने र प्रदेश सरकारले ल्याएको सबै मापदण्ड अनुसार ड्राईभिङ्ग सेन्टर सञ्चालनमा आएको सिटौलाले बताउँनुभयो ।


