Kanakai Online

जनयुद्धकालमा वेपत्ताको नाममा बनाएको स्मृति पार्क नै बन्यो वेपत्ता


आइतवार, जेठ ५, २०८२ |

कनकाई अनलाईन
माओवादी जनयुद्धकालमा राज्य र विद्रोही माओवादी दुबै पक्षबाट जबरजस्ती वेपत्ता बनाइएको झापालीहरुको नाममा बनाइएको झापा कनकाई नगरपालिका ४ कोटीहवनको वेपक्ता स्मृति पार्क आफै वेपत्ता र वेवारिसे बनेको छ।
तत्कालिन समयमा राज्य र विद्रोही दुबैपक्षबाट वेपक्ता पारिएका झापाली नागरिकहरु सुरुङ्गाका रमेश ढुंगेल, इन्द्रलाल ढकाल, उदयकुमार श्रेष्ठ, सुरेशकुमार पोखरेल, संगिता बस्नेत दमकका धिरेन्द्र बस्नेत, पुष्पराज बस्नेत, हेमलाल सुवेदी, बैगुनधुराका घनश्याम गौतम, बाहुण्डाँगीका घना सुवेदी, हल्दीवारीका चतुरमान राजवंशी, गोलधापका चुडामणि चम्लगाई, जलथलका चैतन्य मेचे, राजगढका जगन्नाथ बास्कोटा, गौरादहका तारा रिजाल, खुदुनावारीका भवानीप्रसाद खनाल, शनिश्चरेका मिश्री धिमाल, गोलधापका राजु मेचे, राजगढका राजेन्द्र घिमिरे, पाचगाछीका रामबहादुर बुडाथोकी, बैगुनधुराका शान्तिराम भट्टराईहरु राज्य र विद्रोही पक्ष दुबैबाट हराइरहेका छन । उनीहरुको हालसम्मपनि लास वा श्वास दुबै भेटिएको छैन । उनीहरुको अवस्था गणतन्त्र आएको बर्षौसम्मपनि अज्ञात हुदा कानुनी र सामाजिक परम्परा गर्न समेत उनीहरुका लागि समस्या बनेको छ । उनीहरुको नाममा तत्कालिन अवस्थामा वेपक्ता पार्क कनकाई नगरपालिका ४ कोटीहोम क्षेत्रमा केहि जमिन घेराबारा गरेर निर्माण गरिएपनि त्यो पार्कमा बर्षौदेखि झाँडी उम्रिएर पार्कलाई पुरै छोपिएको छ । पार्कमा उम्रिएको झाँडीका कारण आफ्नो गाउँ र केटाकेटीहरु असुरक्षित बनेको स्थानीयको भनाई रहेको छ ।
बषौसम्म विना रेखदेख पार्कलाई राखिदा द्धन्द्धकालमा वेपक्ता हुनेहरुकै थप बेइज्यती भइरहेको स्थानीयको भनाई रहेको छ । पार्क बनेका केहि बर्षसम्म पार्कको सरसफाई र बार्षिक कार्यक्रमहरु गरिने गरेको भएपनि पछिल्ला ५ बर्षदेखि त्यो पार्कमा केहिपनि सोधीखोज ीगर्न नआएको पाइएको छ । पार्कलाई व्यावस्थि तगर्न र त्यहाँ खुल्ला व्यायमशाला बनाउन दिनका लागि स्थानीयको माग रहेको छ ।

सम्बन्धित खबर