Kanakai Online

सुरुङ्गामा श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसमपर्ण


आइतवार, वैशाख २८, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ सुकेडागीमा श्रीमानले श्रीमतीलाई धारीलो हतियार प्रयोग गरी हत्या गरी प्रहरी समक्ष आत्मसमपर्ण गरेका छन ।

शनिवार राती ११ः२० बजेको समयमा कनकाई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने वर्ष ३५ को कविराज हेमरनले श्रीमती वर्ष ३४ की पुजा हेमरन बिच झगडा हुदा श्रीमान कविराजले धारीलो हतियार खुकरीले घाटिमा प्रहार गर्दा पुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खुकुरी र श्रीमान कविराज हेमरम हेमरमलाई प्रहरिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको र घटना स्थाल सुरक्षित राखिएको प्रहरिले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

सम्बन्धित खबर