कनकाई अनलाईन
भोली कनकाई नगरपालिकालाई प्रदेशकै पाचौ र जिल्लाको तेस्रो बालमैत्री पालिका घोषणा गरिदै छ । तर कनकाई नगरपालिकाले आफैले छाप्ने भनेको कनकाई ज्ञानमाला पुस्तक बषौ वित्दासमेत उपलब्ध नगराएको भन्दै कनकाई नगर प्याब्सनले आपत्ति जनाएको छ ।
कक्षा ८ को कनकाई ज्ञानमाला पुस्तक विनै २ बर्षदेखि परिक्षा सञ्चालन गर्नुपरेको कनकाई नगर प्याब्सनले जनाएको छ । हामीलाई पेनड्राईपमा पुस्तक दिइन्छ तर हामीले तोकेको मुल्य तिरेर पुस्तक किन्न पाउनुपर्ने हो २ बर्ष भयो पुस्तक कस्तो हुन्छ एकपिस देखिएको छैन । तर अब कम्तीमा कनकाई नगरपालिकालाई बालमैत्री पालिका घोषणा भएपछि आफुहरुले कनकाई नगरपालिकाले आफैले लागुगरेको कनकाई ज्ञानमाला पुस्तक प्राप्त हुनेमा आफुहरु आशावादी रहेको कनकाई नगर प्याब्सनले जनाएको छ । पहिले पुस्तक छापेर नगरलाई बालमैत्री घोषणा गरेपनि हुने हो तर वालमैत्री घोषणा गरेका फोटाहरु समेत राखेर पुस्तक प्रकाशन गर्न लागेको हुन सक्छ हामीलाई पुस्तक चाहियो कनकाई नगर प्यासनले जनाएको छ । कनकाई नगरपालिकाले आफ्नो स्थानिय पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई कनकाई ज्ञानमाला पुस्तक लागु गर्दै आएपनि नगरपालिकाले पुस्तक समयमा नछाप्दा विद्यार्थी विना पुस्तक परिक्षा दिदै आएका छन ।
यता कनकाई नगरलाई वालमैत्री नगरपालिका घोषणा गर्दा नगरमा सार्वजनिक विदा भएको सुचना ढिला आएकोमा समेत कनकाई नगर प्याब्सनले आपत्ति जनाएको छ । हामीले भोलीका लागि होमवर्क दिइसकेका छौ । कतिपय स्कुलले त स्कुल विदा भएपछि नगरपालिकाले विदा दिएको थाहा भयो नगरपालिकाले भनेको नमानौ नगरको नजरमा कानुन पालना नगरेको भन्ने लाग्ला मानौ सुचना स्कुल विदा भएपछि आउँछ कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीले गुनासो गर्नुभयो । यता कनकाईको अरुणदय माध्यमिक विद्यालयले भोली स्कुलमा कार्यक्रम राखेर सबै अभिभावकलाई बोलाइसकेको तथा कार्यक्रमको लागि सबै व्यावस्थापन गरेपछि कनकाई नगरले वेलुकी स्कुल विदा भएको सुचना निकालेकोले के गर्ने भन्ने वारेमा अन्यौल भएको विद्यालयले जनाएको छ । सुचना सहि समयमा नगर्दा स्कुल अभिभावक र विद्यार्थीमा अन्यौलता भएको नगर प्याब्सनको भनाई रहेको छ । यता कनकाई नगरपालिकाले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको स्कुलका छात्राहरुका लागि सेनेटरी प्याड सरकारी विद्यालयमा मात्रै दिइदै आएको भन्दै आफ्ना नगरभित्रका सबै विद्यार्थीलाई उपलब्ध गराउँन समेत नगर प्याब्सनले माग गरेको छ ।


