Kanakai Online

सुरुङ्गा प्रहरी प्रमुख दाहाललाई अर्को सफलता, हवाई फायर गदै ब्राउनसुगर बरामद


सोमवार, वैशाख २२, २०८२ |

कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय सुरुङ्गाको कमाण्ड समाल्न आएयता वरिष्ठ प्रहरी नायव निरिक्षक राधाकृष्ण दाहाललाई एकपछि अर्को सफलता हात लाग्दै गइरहेको छ ।
गत माघ २२ गते कनकाई नगरपालिका ४ बाट ६ राउण्ड गोली हानेर लागुऔषध कारोबारीलाई घाईते अवस्थामा पक्रेको घटना सेलाउन नपाउदै आज विहानै कनकाई नगरपालिका र झापा गाउँपालिकाको सिमा तल्लो चप्रामारीमा २ राउण्ड गोली चलाउदै २०४ ग्राम ब्राउन सुगर र ब्राउनसुगर कारोवारीको भारतीय नम्बर प्लेटको मोटरसाईकल बरामद गरेका छन ।
खुल्ला सिमा भारतबाट नेपालतर्फ ठुलो परिमाणको लागुऔषध ब्राउन सुगर ल्याउदै गरेको अवस्थामा प्रहरीले २ राउण्ड गोली प्रहार गरि २०४ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।्
सोमवार विहान ८ः४० बजेको समयमा सुरुङ्गा–झापा अमरपथ सडकखण्डस्थित दक्षिणी भारतहुदै नेपालतर्फ आउदै गरेको बीआर ३७ टी ९१९८ नम्बरको भारतीय मोटरसाईललाई शंका लागि झापा कनकाई नगरपालिका ५ चप्रामारीमा प्रहरीले रोक्न खोज्दा झोला फालेर फरार भएका थिए ।
ती फरार व्याक्तिलाई लखेटने क्रममा प्रहरीले २ राउण्ड गोली समेत हानेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ नायक निरिक्षक राधाकृष्ण दाहालको नेतृत्वमा रहेको प्रहरी टोलीले मोटरसाईकल र झोला फेला पारेको हो । झोलामा प्लाष्टिकको झोलामा पोका पारिएको अवस्थमा २०४ ग्राम लागुऔषध ब्राउनसुगर फेला परेको छ । ती व्याक्ति भारततर्फनै भागेको र उनीको भारतीय प्रहरी समेतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीेले जनाएको छ । कनकाई नगरपालिकाकै ४ नम्बर वार्डमा गत माघ २२ गते दाहाल नेतृत्वमा प्रहरी टोलीले ६ राउण्ड गोली प्रहार गरी २ जना लागुऔषध कारोवारीलाई मोटरसाईकल सहित पक्रेको थियो हाल दुबैजना जिल्ला कारागार झापामा रहेका छन ।

सम्बन्धित खबर