Kanakai Online

माओवादीको जनसास्कृतिक अभियान धरमपुरमा


बिहिवार, वैशाख १८, २०८२ |

कनकाई अनलाईन
नेकपा( माओवादी केन्द्र) कोशी प्रदेश कमिटीले समाजवादी जन सास्कृतिक चेतनाका लागि चुरे–तराई जनसंगित अभियान झापाको धरमपुरमा समपन्न गरेको छ।
बुधबार अपराहान्न शिवसताक्षि १ स्थित धरमपुर बजारमा आयोजित जनजागरण अभियनको कोशी प्रदेशका पुर्व कृषि मन्त्री तथा केन्द्रिय सदस्य झलक सिंह दर्लामीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पुर्व मन्त्री दर्लामीले भन्नु भयो नेकपा माओबादीको १० बर्षे जन युद्धको उपलब्धिले नै देशमा गणतन्त्र आउन सकेको र सर्बाहारा बर्ग राज्यको बिभिन्न अंगमा पुग्न सकेको बताउनु भयो । यदि माओबादीको नेतृत्वमा जनयुद्ध नभएको राज संस्थाअन्त्य नहुने र नेपाली नागरिके अझै दासत्वको जिवन बाच्नुको बिकल्प नभएको बताउनु भयो ।

कार्यक्रम जनसांस्कृतिक महासंघका कलाकारहरूले विभिन्न जनबादी नृत्य, गीत–संगीत तथा अबको बाटो समाजबादको नामक नाटक प्रस्तुत गरि उपस्थित दर्शकलाइ मनोरञ्जन गराएका थिए ।
नेपाली जनतामा जनबादी गित संगित संगै नाटक प्रहसन मार्फत जनजागरण गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा करिब ५ सय बडिको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा विगत लामो समय देखि कला र संस्कृतिको क्षेत्रमा रहेर निरनतर योगदान गर्नु हुने शिवसताक्षिका १५ जना श्रष्टाहरुलाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा । क्रमशः १) नवीन सुब्बा ,सुरेश राई ,रामलाल रसाईली , मदन बिष्ट, कल्पना बुढाथोकि, सावित्रा रसाईली, महेन्द्र सम्बाहाम्फे, प्रेम कुमार राई, बबिता महतरा, दिनेश रसाईली, अर्जुन कुमार राई ,विराट किराँती
र झंकार बुढा मगर रहेका छ। उनिहरुलाइ कार्यक्रमका प्रमुख अतिथि झलक सिं दर्लामी ,बिशिस्ट अतिथि रन्जित तामाङ्ग लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा जनसांस्कृतिक महासंघको तर्फबाट चर्चित जनवादी गायक झङ्कार बुढा मगरको विशेष प्रस्तुति रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य रन्जित तामाङ , प्रदेश कमिटी सदस्यहरु कल्पना कार्की, राम ब राई , वीरेन्द्र कुमार याक्थुम्बा सुबास, बेदु गौतम,शिवसताक्षी नगर कमिटी पुर्व अध्यक्ष महेन्द्र भट्टराई , बिभिन्न पालीकाका पाटी प्रतिनिधि हरु , जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव अनुषा साम्पाङ राई केन्द्रीय सचिवालय सदस्य राकेश किराती, केन्द्रीय सदस्य तथा प्राज्ञ सुमित्रा वाङदेल चेली , प्राज्ञ हरिप्रसाद पौडेल , जनसांस्कृतिक महासङ्घ प्रदेश नः१ का अध्यक्ष चेतनाथ धमला, उपाध्यक्ष जाइका राई, सचिव राजन आचार्य, जनसांस्कृतिक महासंघ झापा जिल्लाका अध्यक्ष राजन चापागाई त्यसैगरी जिल्ला उपाध्यक्ष बन्दना नेम्बाङ, सचिव शिव मुर्म लगायत उपस्थिति रहेको थियो ।
नेकपा (माओबादी केन्द्र) कोशी प्रदेशको आयोजना तथा शिवसताक्षी नगर कमिटीको ब्यबस्थापनमा भएको कार्यक्रमको स्वागत मन्तब्य शिवसताक्षी नगर कमिटीका अध्यक्ष दुर्गा नेम्बाङले गरेको कार्यक्रमको औचित्य माथी प्रकाश कोशी प्रदेशका उपाध्यक्ष शिव डागीले गरेका थिए भने संचालन पाटीका कोशी प्रदेश कमिटीका उपाध्यक्ष बिजय साम्पाङ्गले गरेका थिए ।
चुरे –तराइ जनजागरण अभियान आन्तरगत यो १५ औ कार्यक्रम हो यस अघि चुरे तराइका बिभिन्न श्हरहरुमा सम्पन्न भैसकेका छ्न भने आज झापाको बहुनडाँगीमा हुने बताइएको छ ।

सम्बन्धित खबर