Kanakai Online

काठमाण्डौबाट झापा काकडभिट्टा आउँदै गरेको आन्दोलनका शिक्षक लिएर आएको बस दुर्घटना २१ जना घाईते


शनिवार, वैशाख १३, २०८२ |

कनकाई अनलाईन
काठमाण्डौबाट यात्रु लिएर झापा आउँदै गरेको रात्रिबस झापाको शिवसताक्षीमा दुर्घटना हुँदा शिक्षकसहित २१ जना घाइते भएका छन् । घाईतेमध्ये अधिकांस काठमाण्डौ आन्दोलनबाट फकिएका शिक्षकहरुको रहनुभएको छ ।

सयपत्री यातायातको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको रात्रिबस शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दुधेको मिलन चौकमा शनिवार बिहान अन्दाजी ५.३० बजे अनियन्त्रित भई पल्टिएको हो ।

बसमा मेचीनगरका १३ जना शिक्षक रहनुभएको बताइएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाईतेहरूको बिर्तामोडस्थित बिएण्डसी, बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक शिवसताक्षी नगरपालिका ८ झिलझिले बस्ने ३८ वर्षीय महेन्द्र कन्दङवालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
घाईतेमध्ये मेचीनगर नगरपालिका –१ बस्ने बर्ष– ५५ का टेकचन्द्र फुयाँल, मेचीनगर १४ का ५२ बर्षिय सिकेन्द्र ढकाल, दोलखा गौरीशंकर नगरपालिका ४ का ५२ बर्षिय शान्तिप्रसाद उप्रेती, इलाम सन्दकपुर गाउँपालिका – ५ का ४६ बर्षिय गोपाल खतिवडा, अर्जुनधारा नपा १० का ४० बर्षिय लोकनाथ ढकाल लगायात रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैको विर्तासिटी अस्पताल र बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

सम्बन्धित खबर