कनकाई अनलाईन
काठमाडौं, माघ १३ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै उत्प्रेषणको आदेशबाट बदर हुने ठहर गरेको छ ।
सर्वोच्चको आज शुक्रबार भएको उत्प्रेषण आदेशअनुसार उहाँको नागरिकता अवैध रहेको ठहर गरेको छ । यो आदेशसँगै उहाँको सांसद पद जाने भएपछि राजनीतिक रुपमा पनि तरंग आएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार गृहमन्त्री लामिछानेले पुनः नेपालको नागरिकता प्राप्त वैध देखिएन ।
सर्वोच्चको आदेशअनुसार उहाँको सांसद पद खारेज हुने भएपछि उहाँ मन्त्री पदबाट पनि स्वतः मुक्त हुने हुनुभएको छ । नागरिकता नै अवैध हुने भएपछि राजनीतिक अधिकार प्रयोग गर्ने हैसियत पनि गुमेको प्रवक्ता पौडेलले बताउनुभयो ।
सांसद लामिछाने चितवन क्षेत्र २ बाट भारी मत ल्याएर निर्वाचित हुनुभएको थियो । अदालतको आदेशसँगै उहाँको निर्वाचन प्रक्रिया सबै बदर हुनेभएको छ ।