
कनकाई अनलाईन
झापामा आज होलीमा जथाभावी गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी अबाञ्छित तरिकाले सवारी साधन चलाउने ५६४ सवारी साधनलाई दिनभर होल्ड गरिएको जिल्ला प्रहरी कार्यालयका झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बताउँनुभयो । जसमा ४०९ वटा मोटरसाइकल , ४० वटा अटो र सिटी सफारी तथा १५ वटा चार पांग्रे गाडीलाई होल्ड गरिएको खड्काले जानकारी दिनुभयो । होल्ड गरिएका सवारी साधनलाई जरिवाना तिराएर छोडिने प्रहरी प्रवक्ता खड्काले बताउँनुभयो ।
मोटरसाइकलमा तीनजना सवार हुने , मादक पदार्थ सेवन गरी चलाउने , बिनाहेल्मेट सवारी चलाउने , बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो । प्रहरीले होलीका वेला गर्न नहुने गतिविधका वारेमा सुचना र सचेतना सम्बन्धि माईकिङ समेत गरेको थियो ।


