कनकाई अनलाईन
झापाको हल्दिवारीमा हात्तीको आक्रमणबाट एक पुन एक वृद्धको मृत्यु भएको छ ।
बिहीवार बिहान १० बजे हल्दिबारी –४ बस्ने ७६ वर्षीय भिमप्रसाद भट्टराई आफ्नो घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिरान सामुदायिक वनमा घाँस काटन गएका थिए । घाँस काटेर फर्किने क्रममा जंगली हात्तीले उनलाई आक्रमण गरेको थियो ।
भट्टराई मृत अवस्थामा फेला परेको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर कानुनी प्रकृयापश्चात् लाश पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले बताउँनुभयो । झापामा मानव हात्ती द्धन्द्धले बर्षेनी दर्जनौ व्याक्तिले ज्यान गुमाउदै आएका छन ।