
कनकाई अनलाईन
गाउँघरमा रमाईलोका रुपमा देउसी भैलो खेलेको रकमबाट यहाँका स्थानीयले आकर्षक मलामी टहरा गृह निर्माण गरिदिएका छन ।

गत २०८१ सालको दिपावलीमा शिवसताक्षी नगरपालिका ७ लालपानीका केहि युवाहरुले तिहारको वेलामा देउसी खेलेरै ५७ हजार रुपैँया जम्मा गरेका थिए । सो रकमबाट गाउँमै मानिसहरु जलाउने स्थानमा पानी पर्दा मलामीहरु बस्नका लागि मलामी टहरा नभएको र सो बनाउने सल्लाह भयो हामीले चाहेको भए नजिक्कै रहेको पर्यटकिय स्थल दोमुखामा गएर पिकनिक खान पनि सक्ने थियौ तर हामीले गाउँघरमा देउसी खेलेको रकम सामाजिक कार्यमै खर्चने सल्लाह भयो, अझ दुख्ख परेको वेलामा सबैलाई काम लाग्ने मलामी टहरा बनाउने सल्लाह भयो स्थानीय सोमबहादुर लिम्बुले भन्नुभयो । लिम्बुकै अध्यक्षतामा एक समिति मलामी गृह निर्माण समिति समेत गठन गरियो । सो रकमबाट मात्रै मलामी गृह निर्माण नहुने भएपछि थप आवश्यकीय सहयोगका लागि सामाजिक सञ्जाल खासमा हाम्रो लालपानीबाट सबैलाई आव्हान गरिएको थियो । जसबाट स्थानीय स्वगिय रामप्रसाद चुडालका नामबाट श्रीमती धनमाया चुडाल र छोराहरु डिल्लीराम, देवि र दिपेशबाट एक कठ्ठा जमिन उपलब्ध भयो । स्थानीबाट मलामी गृहका लागि आवश्यक पर्ने सिमेन्ट लगायातका सामाग्रीहरु र करिव ५ लाख बराबरको रकम र श्रमदान सहयोग प्राप्त भएको थियो ।

यसैविच महाशिवरात्रीको अवशर पारेर शिवसताक्षी नगरपालिका ७ लालपानी कनकाई माई नदि छेउमै चुडाल बन्धुले प्रदान गरिएको सो जमिनमा वरपिपल समेत रहेको थियो । त्यहाँ महाशिवरात्रीको अवशर पारेर मलामी गृह उदघाटन र वरपिपलको विवाहको समेत आयोजना गरिएको छ । वरपिपल विवाहको अवशरमा विशेष धार्मिक कार्यक्रम र स्थानीय भेला भएर नाचगान समेत गरेका थिए ।

स्थानीय सरकार र अन्य दातृ निकायहरुबाट हामीले थप सहयोग पाएमा मलामी गृहको साथमा सौचालय र आकर्षक दाहसस्कार स्थलको समेत निर्माणको लक्ष्य राखेका छौ , मलामी गृह निर्माण समितिकी कोषाध्यक्ष समेत रहनुभएकी गोमा प्रसाईले भन्नुभयो ।

सोही स्थानमा सरकारबाट झोलुङ्गे पुलको समेत निर्माण गरिरहेको हुदा पुल निर्माणपछि यस स्थानमा वारीपारी गर्ने बटुवाहरुका लागि समेत मलामी गृह घाँमपानीबाट ओत लाग्न थप मद्धत मिल्ने छ ।
उक्त स्थानमा लामो समयदेखि कनकाई नगरपालिका ५, शिवसताक्षी नगरपालिका ७ र झापा गाउँपालिकाबाट समेत मानिसहरुलाई दाहसस्कार गर्नका लागि ल्याउने गरिएको छ ।
स्थानीय देउसीभैलो टोलीले कला संस्कृति वचाउन आयोजना गरेको यस कार्यबाट ठोस काम समेत गरिएको भन्दै स्थानीय शिक्षक तथा समाजसेवीहरु खगेन्द्र घिमिरे, शिवकुमार सिटौला, अशोक खड्का र चन्द्रप्रसाद संग्रौलाले युवामनको यस कार्यको खुलेर प्रसंसा गर्नुभयो ।
