Kanakai Online

देशकै होचो भुभाग केचनाबाट माओवादीको जनजागरण अभियान सुरु


सोमवार, फागुन १२, २०८१ |

कनकाई अनलाईन
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अलोकतान्त्रिक र असंवैधानिक समेत रहेको बताउँनुभएको छ ।
सोमवारबाट पार्टीले नेपालकै सबैभन्दा होचो भुभाग कचनकवलबाट सुरु गरेको तराई मधेस जागरण अभियानको उदघाटन गर्नुहुदै प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका प्रचण्डले वर्तमान सरकार माओवादीले सरकारमा रहदा भ्रष्टाचार विरोधी अभियानै सञ्चालन गर्न लागेपछि यसबाट बच्न केहि सिमित पुजीपतिहरु मिलेर आफुबच्नका लागि पहिलो र दोस्रो दल मिलेर बनाएको दावी गर्नुभयो । उहाँले संसारमा कहिपनि पहिलो र दोस्रो दल मिलेर सरकार गठन गरेको इतिहास नभेटिएको भन्दै बर्तमान सरकार बनाउन पार्टीका नेताहरु भन्दापनि सिमित केहि पुजीपतिह र बिचौलियाहरुले आफ्नो घरमा बोलाएर ठुला दलका नेताहरुलाई जबरजस्ती मिल्न लगाएर सरकार बनाइदिएको बताउँनुभयो । प्रचण्डले बर्तमान सरकार ठुला पुजीपतिहरुको घुस खाएर बनेको सरकार भएको भन्दै सरकार अप्राकृत पनि रहेको बताउँनुभयो । आफुले सरकार सञ्चालन गर्दा उत्पीडित निमुखाहरुको पक्षमा काम गरिरहेको बताउँदै अहिलेको जनजागरण अभियान समेत तराईका आदिवाशी जनजातिहरुको समस्या नजिकबाट बुझ्न र मधेसी जनताहरुसगको सम्बन्ध थप सुमधुर बनाउन झापा देखि कञ्चनपुरसम्म तराई मधेस जनजागरण अभियान पार्टीले सञ्चालन गरिरहेको बताउँनुभयो । नेता प्रचण्डले वर्तमान संविधानको प्रस्तावनादेखि अन्त्यसम्मनै माओवादीले ल्याएका हक अधिकारहरुका वारेमा लेखिएको पाएसगै विरोधी शक्तिहरुले वर्तमान संविधान र उपलब्धिलाई च्यात्न खोजिरहेको बताउँनुभयो । यो संविधान लाखौ शहिदहरुको वलिदानीबाट ल्याइएको हो यसलाई त्यसै खेर जानदिनेछैनौ प्रचण्डले भन्नुभयो । उहाँले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताएका छन् ।
अभियानको उदघाटन गर्नु पूर्व अध्यक्ष प्रचण्डले केचनामा राष्ट्रिय झण्डोत्तोलन गर्नुभएको थियो । सो अवशरमा प्रचण्डले झापालाई क्रान्ति, न्याय स्वतन्त्रता र समानताको प्रतीकको जिल्लाको रुपमा चिनिने गरेको भएपनि अहिले यहि जिल्लाका नेताहरुबाटै गणतन्त्र र बर्तमान उपलब्धिमाथि संकट देखिन थालेको बताउँनुभयो । झापालाई त्यो क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतिककै रुपमा बनाइराख्नका निम्ति माओवादी पार्टीले त्यो जिम्मेवारी लिनेसमेत बताउँनुभयो । प्रचण्डले देशकै होचो भूभागबाट सुरु भएको अभियानलाई अग्लो भूभागसम्म लैजाने बताउँनुभयो । सो अवशरमा नेता प्रचण्डले देशकै होचो भुभागमा विहान मर्निङ वाक समेत गर्नुभएको थियो ।
मर्निङवकको क्रममा बिहान ऐतिहासिक तथा पुरातात्विक क्षेत्र किच्चकबधको अवलोकन गदै अध्यक्ष दाहालले यो भूमि कोचिला, सन्थाल र कोच सभ्यतासँग जोडिएको स्थान भएको आफूलाई महसुस भएको बताउँदै यसको संरक्षण र सम्बद्र्धनमा सबैमा अपिल समेत गर्नुभयो ।
झापाबाट शुरु भएर कन्चनपुरमा चैत ७ गते समापन हुने हुलाकी राजमार्ग केन्द्रित अभियानमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्फा भुसाल, शक्ति बस्नेत, हरिबोल गजुरेल लगायत केन्द्रित नेता सहभागी रहनुभएको छ ।

सम्बन्धित खबर