कनकाई अनलाईन
राज्यलाई विभिन्न सुझाव दिदै जलेर आत्मदह गर्ने इलामका युवा व्यावसायी प्रेम आचार्यका जायज मागलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने उद्धेश्यका साथ आज कनकाई उद्योग वाणिज्य संघको आयोजनामा सुरुङ्गामा दवाव र श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ ।
व्यावसायीहरुको समुहले राज्यलाई ध्यान आकर्षण गराउने उद्धेश्यले सुरुङ्गा बजार परिक्रमा गरेको थियो । बैँकले व्यावसायीहरुलाई चर्को ब्याज लिएर पत्रिकामा नाम प्रकाशन गरि बेइज्यत समेत गरि थप तनाव दिने गरेको व्यावसायीहरुको गुनासो रहेको थियो । बजार परिक्रमा पछि आयोजित कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघ प्रदेश सदस्य कुमारमणि पोखरेलले आत्मदहअघि व्यावसायी आचार्यले राखेका मागहरुवारे अध्यान अनुसन्धान गरि जायम माग पुरा गर्न सरकारलाई अनुरोध गर्नुभयो । आचार्यका मागहरु हेर्दा कुनै शक्तिशाली आयोगले बनाएको प्रतिवेदन भन्दा कम छैन सरकारले यस मागप्रति ध्यान आकर्षण गनर्छ अनुरोध गर्नुभएको छ । पोखरेलले बैँक तथा वित्तिय संस्थाले मिटरब्याज जस्तो चर्को ब्याजलाई नरोके उद्योगी व्यावसायी चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
कनकाई उद्योगवाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौलाले यहि तरिकाले मुलुक अगाडि बढने हो भने देशमा प्रेम आचार्यकाझै आत्मदाहको अवस्था आउनसक्ने चेतावनी दिनुभयो । संग्रौलाले व्यावसायीका मागहरुका वारेमा सरकार संवेदनशील नबनेको बताउँनुभयो । संग्रौलाले सरकारका विभिन्न तहका नेता कर्मचारीले राज्य शक्तिको दोहन गरेको र त्यसको करको भागीदार जनता हुनेगरेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी बिमलीले बैँकले धनीमानिलाई पोस्ने काम गरिरहेको बताउँनुभयो । व्यावसायीहरुले ४८ प्रतिशतसम्मको ब्याजमा ऋण खोजेर बैँकको ब्याज तिनुपरेको गुनासो गर्नुभयो । बैकको दादागिरी बढेको भन्दै प्रेम आचार्यका जस्तै यसै क्षेत्रका बैँकका अगाडि व्यावसायीहरु आत्मदह गर्ने अवस्था आउनसक्ने बताउँनुभयो । बिमलीले अबको आन्दोलन देशब्यापी चल्ने चेतावनी दिनुभयो । व्यावसायीहरु पिडामा रहेको भन्दै कुनैपनि बैँक सहकारीका व्याक्ति घर पसलमा आएर धक्काउने काम गरेमा बाणिज्य संघमा निवेदन दिन अनुरोध गर्नुभएको छ । कनकाईमा समेत व्यावसायीलाई अन्याय भएको भन्दै मिडियामा खबर छापिएको भन्दै यसवारेमा समेत वाणिज्य संघको ध्यान आकर्षण भएको बताउँनुभएको छ ।