Kanakai Online

३० औ जनयुद्ध दिवश कनकाईमा भव्य रुपमा मनाईयो


बुधवार, माघ ३०, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा ३० औ जनयुद्धदिवश भव्य रुपमा मनाइएको छ ।
शहिद गेटमा जनयुद्ध दिवशको पुर्वसन्ध्यामा नेकपा माओवादी कनकाई नगर कमिटीद्धारा आज साँझ आयोजित जनयुद्ध दिवश कार्यक्रममा भर्खरै निर्माण सम्पन्न भएको शहिद गेटको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईँ सचिनले उदघाटन गर्नुभयो ।


सोही अवशरमा कार्यक्रमका प्रमुख अतिथि सचिनले आफुहरुले लडेर ल्याएको परिवर्तनहरुको उपलब्धिहरु वर्तमान सरकारले भ्रष्टाचार र कुशासनका कारण धरापमा परिरहेको भन्दै यसका लागि पार्टीले तिनै तहको सरकारमा खबदारी गर्नुपर्नेमा जोड दिनुभयो । पुर्व प्रदेश सरकारका मन्त्री समेत रहनुभएका सचिनले कांग्रेस एमालेको मिलोमतोमा सबैखाले भ्रष्टाचारका फाइलहरु लुकाउने कामहरु भइरहेको भन्दै जनयुद्धका उपलब्धिलाई संस्थागत नगरि देशमा सुशासन नआउने दावी समेत गर्नुभयो । जनयुद्धकै अवशरमा यी तमाम बेतिथिहरुका विरुद्ध जनतालाई सचेत गराउँदै आवाज उठाउदै जाने पार्टीको रणनिति रहेको चापागाईले बताउँनुभयो । हामीले जनयुद्धबाटै यत्रो उपलब्धि हासिल गरिरहेका छौ अबको बाकी दिनहरुमा जनमतद्धारानै यसको रक्ष ागर्ने छौ । चापागाईले भन्नुभयो ।


यसैगरि जनयुद्धका घाईते समेत रहनुभएका नेकपा माओवादी पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ्ग बिजयले आफुहरुले मृत्युसग साटेर ल्याएको संघियता र गणतन्त्रको विरुद्धमा सक्तामा रहनेहरुले जनयुद्धलाई हिंसा जस्तो शब्द प्रयोग गर्ने गरेको भन्दै गणतन्त्रका लागि रगतको आहुति गर्ने हज्जारौ शहिदहरुको अपमान हुने बताउँनुभयो । जनयुद्धका समयमा अझैपनि सयौ योद्धाहरु वेपक्ता बनिरहेको भन्दै उनीहरुको योगदानकै कारण यी परिवर्तन सम्भव भएको बताउँनुभयो । बिजयले आफुहरुले सुरु गरेको जनयुद्धलाई हिंसा भनिएकोमा आपत्ति रहेको बताउँदै यहि परिवर्तनकै कारण कुर्सीमा बसेर त्यहि जनयुद्धलाई अपमान गर्ने छुट कसैलाई नभएको साम्पाङ्गले बताउँनुभयो ।


माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाईँको सभापतित्व तथा सचिव विष्णुप्रसाद बिमलीको सञ्चालनमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री झलकसिंह दर्लामी मगर, पार्टीकी निर्वाचन आयोग केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य सुशिला कन्दङवा बर्षा, पार्टीका प्रदेश कमिटी सदस्य बोधराज दाहाल असिम, पुरुषोत्तम चुडाल, श्यामबिर लिम्बु, वाईसिएल कोशी प्रदेश अध्यक्ष कुमार आचार्य, खडग तिम्सिना पवन लगायातको आतिथ्यता रहेको थियो । जनयुद्ध दिवश भोली फागुन १ गते भएतापनि यसको पूर्वसन्ध्यामा आजै कनकाई नगरमा दिप प्रज्ज्लन गरि यो दिवश मनाइएको हो । माओवादी कार्यकर्ता र उपस्थित स्थानीयले जनयुद्ध दिवशको खुसीयालीको अवशरमा नाचगान र मिठाई वितरण समेत गरेका थिए ।
कार्यक्रमको सञ्चालन माओवादी केन्द्र कनकाईका सचिव बिष्णुप्रसाद बिमलीले गर्नुभएको थियो ।

सम्बन्धित खबर