![](https://kanakaionline.com/wp-content/uploads/2025/02/474726482_1359991998345156_50599480290471700_n-1024x576.jpg)
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा अवस्थित कनकाई माविको ६७ औ स्थापना दिवश तथा ६६ औ बार्षित्सव विविध कार्यक्रमका विच सुरु भएको छ ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/475210973_1002850775030313_7265724918637461996_n-1024x576.jpg)
झापा क्षेत्र नम्बर ४ ख का प्रदेश सभासदस्य तथा पुर्व मन्त्री समेत रहनुभएका भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँकै पहलकदमीमा यहाँ निर्माण सम्पन्न गरिएको बास्केटवल कोर्टको समेत उदघाटन गरिएको थियो ।
स्थापना दिवशको उदघाटन गर्नुहुदै सांसद सिटौलाले कनकाई माविका समग्र शिक्षक विद्यार्थी र स्थानीयको समेत साथ र सहयोगबाट यो सफलता प्राप्त गरेको बताउँदै शिक्षक एउटा शिक्षक मात्रै नभएर समाजको पथप्रदर्शक समेत रहेको र शिक्षकको काधमा देशको भविष्य अडिएको बताउँनुभयो । पुर्वमन्त्री सिटौलाले कनकाई माविको भौतिक र शैक्षिक उन्नतिका लागि थप सहयोग गरिरहने प्रतिवद्धता जनाउँनुभयो । सिटौलाले कनकाई माविको शैक्षिक अवस्थाको प्रसंसा गर्दै थप सफलताको कामना गर्नुभयो । सिटौलाले शिक्षकहरुले कम्तीमा राजनिति गर्न छाडेर अध्यान अनुसन्धान र राम्रो पठनपाठनमा लागि पर्न सुझाव दिनुभयो ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/479333375_988846743168377_3402006014399851229_n-1024x576.jpg)
कार्यक्रममा बोल्दै विद्यालयका प्रअ कर्णबहादुर डाँगीले विद्यालयमा आवश्यकीय कक्षा कोठाको अभावले विहानी र दिवा सत्रमा विद्यालय सञ्चालन गरिरहनुपरेको बाध्यता बताउँनुभयो । प्रअ डाँगीले हाल कनकाई माविमा ८८ जना शिक्षक कर्मचारीले कार्य गरिरहेपनि सरकारबाट ५१ जना मात्रै दरबन्दी प्राप्त भएको भन्दै विद्यालय सञ्चालनमा समस्या रहेको बताउँनुभयो । उहाँले हाल विद्यालयमा २३ सय वढी विद्यार्थी अध्यानरत्त रहेको तर सरकारले आवश्यक दरबन्दी दिएको खण्डमा केहि बर्षभित्रै ५००० विद्यार्थी विद्यालयमा अध्यानमा रहने समेत प्रअ डाँगीले बताउँनुभयो ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/476961228_1547343022640965_5362949702595273818_n-1024x576.jpg)
भोली सम्म सञ्चालनमा हुने स्थापना दिवश र बार्षित्सव कार्यक्रममा विभिन्न खेल प्रतियोगिता तथा कनकाई लिटल स्टार गायन तथा नृत्य प्रतियोगिता तथा कनकाई तारा लगायातका विद्यार्थीहरुको प्रतिस्र्धात्म सास्कृतिक कार्यक्रम छात्रवृत्ति वितरण र विभिन्न शैक्षिक व्याक्तित्वहरुलाई सम्मानको कार्यक्रम रहेको विद्यालयका सहयाक प्रधानाध्यापक समेत रहनुभएका पत्रकार तीर्थराज खरेलले बताउँनुभयो । कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, विद्यालय व्यावस्थापन समितिका पुर्व अध्यक्ष खगेश्वर उप्रेती, विद्यालयका सल्लाहकार रविन्द्र लम्साल लगायातको आतिथ्यता रहेको थियो ।
सोही अवशरमा कनकाई माविका विद्यार्थीहरुद्धारा विभिन्न विज्ञान प्रदर्शनी तथा खाद्य स्टलहरु समेत राखिएको छ ।
![](https://kanakaionline.com/wp-content/uploads/2025/02/476062413_975253290698248_9222832596283612466_n-1024x576.jpg)