![](https://kanakaionline.com/wp-content/uploads/2025/02/jhapa-1024x768.jpg)
कनकाई अनलाईन
झापाको कनकाईमा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को पाचौ दिनको खेलमा झापा गाउँपालिका बिजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको पाचौ दिन मंगलवारको खेलमा झापा गाउँपालिकाले अर्जुनधारा नगरपालिकालाई २—१ गोल अन्तरले पराजित गर्दै झापा गाउँपालिका क्वाटरफाईनलमा प्रवेश र्पाको हो । ज्यादै प्रतिस्पर्धात्मक बनेको आजको खेलमा प्रविन थेबेले गोल गर्दै झापा गाउँपालिकालाई अग्रता बनाए । थेबेले खेलको ४२ मिनेटमा गोल गर्दै टिमलाई अग्रता बनाएका थिए । १ गोलले पछि परेको अर्जुनधारा नगरपालिका अत्तालिन पुगेको थियो । उसले आपसी तालमेल गुमाउदा खेलको दोस्रो हाफमा अनगोल हुनपुग्यो । झापा २—० को सजिलो अस्पतालमा पुगेको बेलामा अर्जुनधाराले इन्जुरी समयमा अर्जुनधाराका पेमा तामाङले गोल गर्दै खेललाई थप रोचक बनाएपनि हारलाई पनि टार्न सकेनन । आजको खेलको म्यान अफ द म्याच बिजयी टिम झापा गाउँपालिकाका खेलाडी किरण उराउ बन्नुभयो । उहाँलाई समाजसेवी पदमप्रसाद उप्रेतीले नगद २१ सय प्रदान गर्नुभयो ।
भोलीको खेल बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाबिच हुने आयोजक समितिका सचिव रामप्रसाद निरौलाले बताउँनुभयो । आजको खेलको प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भण्डारी रहनुभएको थियो ।
माघ २५ गते शुक्रबारबाट सुरु भएको खेल फागुन ७ गते सम्पन्न हुनेछ भने खेलमा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो ।
प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेका छन ।
खेल कनकाई माविको खेल मैदानमा सञ्चालन भइरहेको छ ।