Kanakai Online

बिर्तामोडको गोल पोष्टमा कनकाईकी चेलीको ४ गोल


सोमवार, माघ २८, २०८१ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा जारी प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगितामा कनकाईको महिला फुटबल टिमले आयोजक बिर्तामोड नगरपालिकामाथि ४—० गोल अन्तरको जित हात पारेको छ ।


आज सम्पन्न खेलमा उपाधि दाबेदार मानिएको कनकाई नगरपालिकाले सम्झन लायक प्रदर्शन गर्दै बिर्तामोडमाथि एकपक्षिय खेल प्रस्तुत गरेको थियो । जित सगै कनकाई नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक बिर्तामोड नगरपालिकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका सेमिफाइनलमा प्रवेश पाएको हो ।

आज भएको पहिलो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकाकि स्वस्तिका बिकले खेलको ५ मिनेटमै गोल गरेर अग्रता दिलाएकी थिइन् । यस्तै, समीक्षा मगरले २०ओँ मिनेटमा गोल गरेर कनकाईको अग्रता दोब्बर बनाइन् ।

समिक्षाले गोल गरेको १ मिनेट नबित्दै पूर्णिमा राईले गोल गरेर ३–०“गोलको अन्तर निकालिन् । खेलको ४३ओँ मिनेटमा थप गोल गर्दै पूर्णिमाले व्यक्तिगत दुई गोल गरिन् । उनी प्लेयर अफ दी म्याच बनिन् ।

भोलि अर्जुनधारा नगरपालिकाले झापा गाउँपालिकासँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने छ ।