Kanakai Online

कनकाई दुर्गापुरकी प्रेमिकासग लजमा सुतेका प्रेमीको मृत्यु


शुक्रवार, माघ २५, २०८१ |

कनकाई अनलाईन
धरान घर भएकी प्रेमिकासँग होटलमा सँगै बसेका युवकको बेहोस भएर मृत्यु, दुई महिला पक्राउ
झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन् । युवकसँगै बसेकी बेस्नाकी प्रेमिका र होटल सञ्चालक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी आफ्नी केटी साथी सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भइ झापको कनकाई नगरपालिका–७ दुर्गापुरमा बस्दै आएकी २३ वर्षीया युवतीसँग होटलमा गएका थिए ।

गएराति खाना खाएर सुतेका बेस्ना शौचालयको ढोकामा लडेर बेहोस भएका थिए ।

उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

उनका अनुसार बेहोस भएका उनलाई प्रेमिका र होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीले उपचारका लागि बिर्तासीटी अस्पताल लगेका थिए ।

चिकित्सकले शुक्रबार बिहानका राति १ः३५ बजेतिर बेस्रालाई मृत घोषणा गरेको डीएसपी चन्दले बताए । उनका अनुसार बेस्राको मृत्युको कारण खुल्न सकेको छैन ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी २३ वर्षीया युवती र होटल सञ्चालक ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।