Kanakai Online

सुरुङ्गामा सातौ कनकाईकप सुरु


शुक्रवार, माघ २५, २०८१ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा आजदेखि सातौ कनकाई कप अन्तरपालिका स्तरीय फुटबल खेलको सुरु भएको छ ।
झापा क्षेत्र नम्बर ४ ख का प्रदेश सांसद तथा पुर्व कृषि मन्त्री भक्तिप्रसाद सिटौलाले आजै कनकाई माविको खेल मैदानमा उक्त प्रतियोगिताको उदघाटन गर्नुभयो । सिटौलाले खेलको माध्यमबाट देश विकास र आपसी भाइचारको विकास हुने भन्दै खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार सदैव लागिपर्ने प्रतिवद्धता जनाउनुभयो । आजै भएको उदघाटन खेलमा कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका विचमा भएकोमा खेलको पहिलो हाफ सकिदासम्म गौरीगञ्ज गाउँपालिकाले २—० गोल अन्तरले अग्रता बनाएको छ । गौरीगञ्जका तर्फबाट खेलको दोस्रो मिनेटमा निशान्त राजवंशी र गौरीगञ्जकै खेलाडी खेलको २० औ मिनेटमा सनम मादेनले गोल गर्नुभयो ।


कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा झापाका १२ पालिकाको सहभागिता रहेको छ ।
उदघाटन खेलमा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, ३ नम्बरका वडाअध्यक्ष युवराज चम्लगाई, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, कनकाई धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायातको आतिथ्यता रहेको थियो । खेल प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका सचिव रामप्रसाद निरौलाले बताउँनुभयो । खेलको औचित्यमाथि प्रकाश आयोजक समितिका अध्यक्ष छवि थपलिया र स्वागत खेल संयोजक भुवन खतिवडाले गरेका थिए ।

सम्बन्धित खबर