Kanakai Online

दुर्गापुर खुदुनावारी सडकखण्ड मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


शुक्रवार, माघ २५, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुर — खुदुनाबारी जाने भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बुधवार राती १२ बजे कनकाई नगरपालिका वडा नं. १ बिमल चौतारास्थित दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदैं गरेको मे.१० प २६२४ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं. ५ का २८ वर्षीय सिद्धार्थ साह र सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २४ वर्षीय सुमित सोनी (साह) घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा सुमितको उपचारको क्रममा बिहीवार विहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले बताउँनुभयो ।