Kanakai Online

कारितास नेपालले दियो कनकाईका ५० युवालाई व्यावसायिक तालिम


बिहिवार, माघ २४, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकास्थित दुर्गापुरमा यस क्षेत्रका ५० युवालाई आधारभुत व्यावसायिक योजना तर्जुमा बजार व्यावस्थापन सम्बन्धि ३ दिने तालिम प्रदान गरिएको छ ।


कारितास नेपालको आयोजना कारितास जापानको आर्थिक सहयोग तथा कनकाई नगरपालिकाको संयोजनमा यहाँस्थित होटल सगुनको सभाहलमा ३ दिने उक्त तालिमको आज समापन गरिएको छ ।


कनकाई नगरपालिका १ र ९ का वैदेशिक रोजगारीबाट फर्कि स्वदेशमै केहि कार्य गर्न खोज्ने युवा, व्यावस्थापन विषय लिएर अध्यान गर्दै गरेका नयाँ पुस्ताका युवा तथा कारितास नेपालले वार्डमा गठन गरेको टोल समितिमा रहेर कार्यगर्दै आएका तालिम लिएका युवालाई लक्षित गरि ३ दिनसम्म विभिन्न विषयहरुमा व्यावसायिक योजना तर्जुमा बजार व्यावस्थापन तथा मुल्य श्रृखलाका विषयमा प्रशिक्षक लोकप्रिय खनालले तालिम प्रदान गर्नुभएको थियो ।


तालिमपछि समापन कार्यक्रममा सहभागिका तर्फबाट हेमराज लिङदेन, विपिना बास्कोटा र टेकनाथ अधिकारीले तालिमबाट आफुलाई व्यावसायिक बन्न र स्वदेशमै केहि काम सुरु गर्नका लागि मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो । सहभागिद्धारा आफुहरुले बषौसम्म कक्षा कोठामा सिकेको ज्ञानशीप भन्दा ३ दिने तालिम बढी फलदायी भएको समेत बताएका थिए ।
समापन कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले कनकाई नगरपालिका क्षेत्रका हरेक नागरिक नगरको सम्पत्ति भएको भन्दै नगरका खासमा युवा पुस्तालाई योग्य र शीपालु बनाउन नगरले सक्दो मद्धत गर्ने बताउँनुभयो । मानिसमा श्रमप्रतिको गलत सोचाईलाई परिवर्तन गर्नसकेमात्रै देश विकास हुने भन्दै कुनैपनि काम ठुलो सानो नहुने भन्दै श्रमप्रतिको सोच्ने र हेर्ने दृष्टिकोण बदल्न जरुरी बनिसकेको बताउँनुभयो ।

यसैगरि कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपानेले पढेपछि रोजगारीका लागि विदेशनै जानुपर्छ भन्ने गलत भाष्य देशमा निर्माण भइरहेको भन्दै यसप्रकारको सोचाईलाई बदल्नुपर्नेमा जोड दिनुभयो । हरके दिन १५ सय युवा विदेशमा रोजगारीका लागि गइरहेको र गएका मध्ये ३ वटा शव वाकसमा समेत आइरहेको भन्दै स्वेदशमै केहि कर्म गर्नका लागि सबैले अभिप्रेरित गर्नुपर्नेमा प्रमुख प्रशासकिय अधिकृतको जोड थियो । काम गर्नका लागि नेपालको जस्तो हावापानी विश्वको कुनैपनि मुलुकमा नरहेको न्यौपानेको भनाई थियो । यसैगरि कारितास नेपालका क्षेत्रिय प्रबन्धक शंकरकुमार पौडेलले तालिमबाट सिकेका ज्ञानसीपलाई व्यावहारमा लागु गर्न सुझाव दिनुहुदै अबका दिनमा यसबाट सफल व्यावसायी बन्नका लागि शुभकामना दिनुभयो । पौडेलले भरसक विदेश रोजगारीका लागि नजान र जानैपर्ने भएमा कम्तीमा आधारभुत तहको ज्ञानसीप सिकेर राम्ररी जानकारी लिएर मात्रै जान सहभागिलाई अनुरोध गर्दै यसका लागि झापाका कनकाई नगरपालिका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिकाको पालिका स्तरमै कारितास नेपालले हेल्प डेक्स समेत स्थापना गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिका १ का वडाअध्यक्ष सुशिल पोखरेल, कारितास नेपालका परियोजना अधिकृत हिमालय अधिकारी लगायातको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कारितास नेपालका विवेक शिवाकोटीले गर्नुभएको थियो ।