कनकाई अनलाईन
सामाजिक गतिविधिमा लामो समयदेखि लाग्दै आइरहेको यहाँस्थित लायन्स क्लव अफ कनकाई सुरुङ्गाले कनकाई नगरपालिका १ मा रहेको पशुपति आधारभुत विद्यालयका सबै विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री तथा अभिभावक वृद्ध,वृद्धालाई ओढ्ने कपडा एकसाथ वितरण गरेको छ ।
सदैव सेवा भावमा समर्पित हुदै समाजका हरेक क्षेत्रमा योगदान दिदै आएको लायन्स क्लवले यहाँका ६७ जना बिद्यार्थीलाई फरबाला ट्रयाक सुट र कापी वितरण गरेको हो ।
त्यसै गरी सोही क्षेत्रका स्थानिय ज्येष्ठ नागरिकलाई समेत लायन्स क्लबले न्यानो कपडा वितरण गरेको छ ।
भारतको सिलगुडी स्थित महाविर इन्टरनेशनल सेवा ट्रस्ट आपना घरको सहकार्यमा क्लबले स्थानीय ८५ जना जेष्ठ नागरिकलाई जाडोमा ओड्ने उनिको मजेत्रो र ब्लयाङ्केट प्रदान गरेको हो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ सुरुङ्गाका अध्यक्ष रुपनारयण खतिवडा ( रमेश ) ले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नुभएको थियोे ।
कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले लायन्सले हरेक बर्ष सामाजिक क्षेत्रमा गर्दै आएको सेवाको कार्यप्रति सम्मान गर्दै नगरले पनि बिद्यालयमा हाउस ड्रेस उपलब्ध गराउदै आएको तेस्तै समुदायमा पनि निम्न आय भएका विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्दै आएको भएपनि दुवै क्षेत्रमा पर्याप्त नभई रहेको अवस्थामा लायन्सले गरेको सेवा प्रति आभार ब्यक्त गर्नु भयो । उहाँले यस्ता सेवाको क्षेत्रमा काम गरिरहदा नगर संग सहकार्य गरी कुनै क्षेत्रको अभिभावकत्व ग्रहण गर्न सके अझ राम्रो हुने पनि वताउनु भयो ।
बिद्यालयका प्रधानाध्यापक ख्याम कार्कीले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु निम्न आयश्रोत भएका परिवारका भएका र उनीहरुले यस्ता किसिमका पोसाक , शैक्षिक सामाग्री पाउदा ठुलो राहात हुने भन्दै फेरिफेरि पनि यस किसिमको सहयोगको अपेक्षा गर्दै क्लब प्रति आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा कनकाई १ को बडा सदस्य निर्मला खड्का , लायन्स डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लिला प्रसाद चिमरिया , लायन्स डिस्ट्रिक सेक्रेटरी उदय नारायण बराल , लायन्स डिस्ट्रिक ट्रेजरर रमेश खत्री , बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष राम कुमार पोखरेल , बिद्यालय ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष शम्भु खड्का , लायन्स क्लब अफ सुरुङ्गाका पुर्व अध्यक्षहरु गंगाराम दाहाल , मनोज बस्नेत , साजन थापा , लायन्स क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष तिलचन्द्र रिजाल , प्रथम उपाध्यक्ष भुवन खतिवडा लगायतको आतिथ्यता रहेको थियोे ।
क्लबका पुर्ब अध्यक्ष गंगाराम दाहालले प्रमुख अतिथि , अतिथि दाता , बिद्यालय परिवार साथै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको संचालन क्लबका सचिव विवेक शिवाकोटीले गर्नुभएको थियोे ।