कनकाई अनलाईन
झापाको पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भटमा आज सोमवार विहान साढे ४ बजे मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । हालैमात्रै बन्दै गरेको झापा काँकडभिट्टादेखि पश्चिम लौकहीसम्मको एसियान हाईवेले ठाउँ ठाउँमा सडकमा खाल्डो बनाउने र निर्माणमा ढिलासुस्ती गर्दा अहिले सो सडक एम्बुसमा परिणत भएको छ । यस सडककै कारण यस क्षेत्रका दर्जन बढीले ज्यान गुमाउनको साथै अंगभंग भएका छन ।
आज बिहान सुरुङ्गाबाट बिर्तामोडतर्फ जादै गरेको मे ४प ९५० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई निर्माणधिन एसियान हाईवेले बनाएको खाडलमा पर्दा मोटरसाईकलमा सवार झापा गाउँपालिका ६ शरणामती निवासी ५० बर्षिय हरिप्रसाद सिटौला सख्त घाईते बनेका थिए । उनको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्याउनसाथ विहान ५ बजेर १० मिनेटमा चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।