कनकाई अनलाईन
कनकाई नगरपालिका ५ मण्डलवस्तीका हरिकृष्ण मण्डलले इलाका प्रहरी कार्यालय सुरुङ्गा र बिर्तामोड सहित सुरुङ्गाका थप बरिष्ठ १६ जना बिरुद्ध मुद्धा दर्ता गराएका छन ।
झापा जिल्ला अदालतमा मण्डलले आफ्ना छोराहरु वेचन र रुपन मण्डलमाथि जोर जवरजस्ती गरेको भन्दै इलाका प्रहरी कार्यालय सुरुङ्गा, बिर्तामोड र थप यस क्षेत्रका उद्योग वाणिज्य संघका पदाधिकारी सहित १६ विरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता गराएका हुन ।
सुरुङ्गामा ओभी सपिङ्ग कम्प्लेस संचालन गर्दै आएका हरिकृष्णका छोराहरु रुपन र वेचन मण्डल र घरधनी ओमप्रकाश विच घरभाडा र चेक वाउन्सको मुद्धा चलिरहेको अवस्थामा मण्डलले आफुमाथि दवाब दिएको भन्दै प्रहरी र व्यावसायीमाथि उल्टो मुद्धा दर्ता गरेका हुन । मण्डलले माघ ४ गते जिल्ला अदालत झापामा उक्त मुद्धा दर्ता गराएका हुन । चेक वाउन्स मुद्धामा हरिकृष्णका छोरा वेचन हाल हिरासतमा रहेका छन ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा