कनकाई अनलाईन
इलामको माई नगरपालिका स्थित मैनाचुली सामुदायिक बनको जंगलमा बेवारिसे शव फेला परेको छ ।
दाउरा लिन गएका स्थानियले बिहीबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो । अधवैसे उमेरका ती व्याक्तिको शवको पहिचान भएको छैन । प्रहरी निरीक्षक खड्काका अनुसार ती व्याक्तिको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलको क्षेत्र इलाम पर्नेहुदा इलाम जिल्लाको प्रहरी घटनास्थलमा पुगेपछि थप अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को पानी ट्यांकी देखि २ किलोमिटर उत्तर जंगलको खोल्सामा सब फेला परेको हो । टाउको र खुट्टा देखिएपनि शरीरको अन्य भाग ढुंगाले छोपिएको छ । स्थानियका अनुसार शव सडेको जस्तो गन्ध आउन थालेको छ ।